Suvadin, Home

यस्तो छ, राष्ट्रिय योजना आयोगको योजना

राष्ट्रिय योजना आयोगले तीन वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने गरी १४ औं आवधिक योजना तयार पारेको छ। प्रधानमन्त्री तथा आयोग अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहितको आवधिक योजना पारित गरेको हो।

काठमाण्डौं, पुस २५


राष्ट्रिय योजना आयोगले तीन वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने गरी १४ औं आवधिक योजना तयार पारेको छ।

प्रधानमन्त्री तथा आयोग अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहितको आवधिक योजना पारित गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका सदस्य डा. स्वर्णीम वाग्लेले उत्पादनमुलक क्षेत्र र पूर्वाधारमा केन्द्रित भएर राष्ट्रिय विकास परिषदले सिफारिस गरेका कार्यक्रमलाई विस्तृत योजनासहित आयोगले पारित गरेको जानकारी दिएका छन्।

‘उर्जा, कृषि, पर्यटन र पूर्वाधारलगायतका विकास योजनामा सरकारी र निजी क्षेत्रको सहभागितामा तीन वर्षमा ७ प्रतिशतको लक्ष्य हालिन गर्ने योजना छ,’ उनले भने । योजना आयोगले सामाजिक सुरक्षा र लैंगिक समानतामा क्षेत्रमा पनि विशेष जोड दिएर कार्य योजना बनाइएको उल्लेख गरेको छ।

 


 

More form the Internet

loading...