Suvadin, Home

डिपिएलमा छ सहरका छ टिम, कप्तान र मालिक घाेषणा २१ गते  

चैत्र ५ गतेदेखि धनगढीमा सुरू हुने डिपिएल नेपाली घरेलु क्रिकेटकै अाजसम्मकाे सबैभन्दा ठूलाे प्रतियाेगिता हाे। यसअघि धनगढी क्रिकेट एकेडेमी अायाेजना गर्दै अाएकाे धनगढी क्रिकेट लिग र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले अायाेजना गर्दै अाएकाे एसपीए कपलार्इ मर्ज गरी डिपिएलकाे अायाेजना गर्न लागिएकाे हाे। दुबै प्रतियाेगिता सुवास शाहीकाे नेतृत्वमा हुने गर्दथ्याे। 

काठमाडाैं, पुस २०


२०७३ सालकाे बहुप्रतिक्षित क्रिकेट प्रतियाेगिता धनगढी प्रिमियर लिग (डिपिएल) मा ६ टिम प्रतिस्पर्धा गर्ने भएका छन्। अायाेजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले यसअघि नै चार वटा टिमकाे नाम सार्वजनिक गरिसकेकाे भए पनि हाल थप दुर्इ टिमकाे टुंग्याे लागेकाे हाे।

नेपालमै पहिलाेपटक राष्ट्रिय खेलाडीहरूकाे लिलामी ‘अक्सन’मा अाधारित भएर अायाेजना गर्न लागिएकाे प्रतियाेगिता अागामी चैत्र ५ गतेदेखि क्रिकेटकाे सहर धनगढीमा सुरू हुनेछ। 

थपिएका नयाँ सहरहरूमा विराटनगर किग्स र कञ्चनपुर अाइकाेनिक रहेकाे डिसिएका अध्यक्ष सुवास शाहीले बताए। उनले भने, ‘दुर्इ नयाँ टिम थपिनुले डिपिएलमा अझै राेमाञ्चकता थपिएकाे छ।’ यसअघि नै प्रतियाेगितामा धनगढी, अत्तरिया, काठमाडाैं र रूपेन्देहीकाे टुंग्याे लागिसकेकाे थियाे। 

नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठूलाे पुरस्कार राशीकाे प्रतियाेगिता हुनु तथा पहिलाे पटक सहरहरूबीचमा प्रतिस्पर्धा गराइनुले सर्वाधिक पर्खाइमा रहेकाे प्रतियाेगितामा सहभागी टिमकाे मालिक तथा टिमका कप्तानहरू काे-काे हुन् भन्नेबारेमा पनि सबैकाे व्यग्र प्रतिक्षा छ। उक्त प्रतिक्षा यही पुस २१ गते माेटिने अायाेजक डिसिएका अध्यक्ष शाहीले बताए। 

के हाे डिपिएल ?

चैत्र ५ गतेदेखि धनगढीमा सुरू हुने डिपिएल नेपाली घरेलु क्रिकेटकै अाजसम्मकाे सबैभन्दा ठूलाे प्रतियाेगिता हाे। यसअघि धनगढी क्रिकेट एकेडेमी अायाेजना गर्दै अाएकाे धनगढी क्रिकेट लिग र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले अायाेजना गर्दै अाएकाे एसपीए कपलार्इ मर्ज गरी डिपिएलकाे अायाेजना गर्न लागिएकाे हाे। दुबै प्रतियाेगिता सुवास शाहीकाे नेतृत्वमा हुने गर्दथ्याे। 

खेलाडीहरूकाे लिलामी (अक्सन) काे अभ्यास डिसिएले यसअघि नै धनगढी क्रिकेट लिग (डिसिएल) काे तेस्राे संस्करणमा गरिसकेकाे छ। गत चैतमा सम्पन्न तेस्राे संस्करणमा केही राष्ट्रिय तथा स्थानीय खेलाडीहरूलार्इ दर्ता प्रक्रियाद्वारा अक्सनमा राखी खेलाडीहरूकाे रकम बढाबढ गरिएकाे थियाे। 

त्यतिबेला सीमित राष्ट्रिय खेलाडीहरू र स्थानीय स्थानहरूकाे बाहुल्यताभन्दा माथि उठेर यस पटक डिपिएलकाे अायाेजना गर्न लागिएकाे शाही बताउँछन्। उनले थपे, ‘यसपटक देशभरिका ६ वटा सहर खेल्नेछन् र सबै सहरका टिमहरूमा सबै राष्ट्रिय खेलाडीहरूकाे प्रतिनिधित्व हुनेछ।’

अायाेजक डिसिएका अध्यक्ष तथा एसपीएका निर्देशक सुवाश शाहीप्रतियाेगिताका पुरस्कार राशी नेपाली क्रिकेट इतिहासमै कीर्तिमानी राखिएकाे छ। जम्मा नगद पुरस्कार राशीमा मात्र २८ लाख ५० हजार खर्च हुने अायाेजकले जनाएकाे छ। प्रतियाेगिताकाे बिजेताले १५ लाख र उपबिजेताले ७ लाख पाउनेछन्। त्यस्तै, उत्कृष्ट खेलाडीलार्इ माेटरसाइकल र प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १० हजार पाउने अायाेजकले घाेषणा गरेकाे छ।

राष्ट्रिय खेलाडीहरूलार्इ उनीहरूले खेलेकाे राष्ट्रिय प्रतियाेगिताका अाधारमा ए, बी,सी र डी गरी चार तहमा विभाजन गरिएकाे छ। ‘हामीले यसअघि नै प्रतियाेगितामा सहभागी हुन चाहने खेलाडीहरूका लागि दर्ता फारम खाेलेका थियाैं,’ डिसिएका कार्यक्रम संयाेजक साैरभ अाेझाले भने, ‘हामीसँग दर्ता भएका २ सय ६० खेलाडीहरूलार्इ क्रिकेट प्लेयर एसोसियसन नेपालकाे संयाेकत्वमा वर्गीरकरण गरिएकाे हाे।’ 

समूह ‘ए’ मा परेका खेलाडीहरूकाे न्यूनतम् बाेली ५० हजार, समूह ‘बी’ मा रहेकाकाे ३० हजार समूह ‘सी’ मा रहेकाकाे २५ हजार र समूह ‘डी’ मा रहेका खेलाडीहरूकाे २० हजारबाट सुरू हुनेछ। जुनसुकै टिमले खेलाडी लिन चाहे न्यूनतम् बाेलीबाट बढाबढ गर्नु पर्नेछ। अक्सनकाे मिति पुस २१ गते भनिने अायाेजकले बताए। 

डीपिएलका अायाेजककहरूले यसअघि एसपीए कपको सुरुवात् सन् २०१० (४ लाख कुल बजेट, प्रथम पुरस्कार २५ हजार) मा गरिएको थियो, सन् २०११ (१३ लाख कूल बजेट, प्रथम पुरस्कार एक लाख) मा, सन २०१३ (२५ लाख कूल बजेट, प्रथम पुरस्कार २ लाख) र सन २०१५ मा चौथो संस्करण सकिँदा यसको कूल बजेट ६० लाख थियो भने बिजेता टोलीले पाँच लाख तथा उपविजेता टोलीले तीन लाख रुपैयाँ पाएका थिए। त्यस्तै, पहिलोपटक विभिन्न पाँच वटा स्थानहरूको नामबाट टिम बनाएर अक्सनद्वारा सम्पन्न गरिएको सगरमाथा सिमेन्ट डिसिएल ३ गत वर्ष सम्पन्न गरिएको थियो।


 

More form the Internet

loading...