Suvadin, Home

१२ कक्षा पास नगरी विदेश पढ्न जान नपाइने

शिक्षा मन्त्रालयका उपसचिव महेश्वर शर्माका अनुसार अबदेखि १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने निर्णय भएको हो। ‘१२ कक्षा उत्तिर्ण भएकाहरूले मात्रै नो अब्जेक्सन लेटर पाउँछन्,’ शर्माले भने।

काठमाडाै‌, जेठ २९ - सरकारले १२ पास नगरी विदेशमा पढ्न जान नदिने भएको छ । एसईई उत्तिर्ण गरेका विद्यार्थी बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जान स्वीकृति (नो अब्जेक्सन लेटर) लिने गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिन रोकेको छ।

शिक्षा मन्त्रालयका उपसचिव महेश्वर शर्माका अनुसार अबदेखि १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने निर्णय भएको हो। ‘१२ कक्षा उत्तिर्ण भएकाहरूले मात्रै नो अब्जेक्सन लेटर पाउँछन्,’ शर्माले भने।

१२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशनमा उल्लेख छ।

विदेश पढ्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृति तथा विदेशी मुद्रा सटही सुविधाका लागि पनि नो अब्जेक्सन लेटर चाहिन्छ। स्वीकृति लिन चाहने विद्यार्थीले नागरिकताको फोटोकपी र शैक्षिक योग्यताका प्रमाणपत्रजस्ता आवश्यक कागजात बुझाएपछि नो अब्जेक्सन लेटर पाउँथे । मन्त्रालयले विद्यालय तहका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान कडाइ गर्न नो अब्जेक्सन लेटर दिने व्यवस्था बन्द गरिदिएको हो।

 


 

More form the Internet

loading...