Suvadin, Home

जापानी भाषा मात्रै पढ्न जापान जानेलाई सरकारले अध्ययन अनुमतिपत्र नदिने

जापनिज भाषापछि विद्यार्थीले ब्याजलर तहमा के पढ्ने भन्ने खुलाएको हुनुपर्ने तर जापनिज भाषा मात्रै पढ्न जाने तयारीमा भए अनुमति पत्र नपाउने उनको भनाइ छ।  कन्सलटेन्सी सञ्चालक आक्रशित सरकारको निर्णयलाई लिएर कन्सलटेन्सी सञ्चालकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

काठमाडौं, जेठ २९ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबारदेखि जापानमा जापानी भाषा मात्रै पढ्न जानेहरूका लागि अध्ययन अनुमतिपत्र नदिने भएको छ। केशरमहलस्थित शिक्षा मन्त्रालयअन्तर्गत वैदेशिक अनुमतिपत्र शाखाका अधिकृत बमेश्वर राईले शिक्षा मन्त्रालयले अन्य विषय नपढी जापनिज भाषाको लागि मात्र पढ्न जाने विद्यार्थीलाई बुधबारबाट अनुमतिपत्र रोकेको बताए ।

जापनिज भाषापछि विद्यार्थीले ब्याजलर तहमा के पढ्ने भन्ने खुलाएको हुनुपर्ने तर जापनिज भाषा मात्रै पढ्न जाने तयारीमा भए अनुमति पत्र नपाउने उनको भनाइ छ।  कन्सलटेन्सी सञ्चालक आक्रशित सरकारको निर्णयलाई लिएर कन्सलटेन्सी सञ्चालकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

बागबजारस्थित क्यानोन इन्टरनेशनल एजुकेशनका सञ्चालक लोकेन्द्र सुवेदीले सरकारले कुनै खबर नै नगरी अनुमति पत्रमा रोक लगाएको बताए।  उनले यो कसैको फाइदाका लागि हतारमा गरेको निर्णय भएको बताउँछन्।

 

 


 

More form the Internet

loading...