Suvadin, Home

के तपाईको बच्चाले ओछ्यानमा पिसाब गर्छ ? त्यसोभए यसो गर्नुस्

पिसाव थैली र पिसाबमार्गको स्वास्थ्यका लागि क्यानबेरी जुस लाभदायक हुन्छ । बच्चालाई सुताउनुभन्दा एक घण्टा अघि एक कप ताजा क्यानबेरी जुस खुवाउनाले केही सातापछि ओछ्यानमा पिसाब फेर्ने समस्या हटेर जान्छ ।

काठमाडाै‍, असार १ -  कतिपय बच्चाहरुले ओछ्यानमा पिसाब गरिदिन्छन् । यसले परिवारलाई सास्ती बनाउँछ । यहाँ हामीले कसरी उनीहरुको बानी छुटाउने भनेर जानकारी प्रस्तुत गरेका छौं ।

क्यानबेरी जुसः

पिसाव थैली र पिसाबमार्गको स्वास्थ्यका लागि क्यानबेरी जुस लाभदायक हुन्छ । बच्चालाई सुताउनुभन्दा एक घण्टा अघि एक कप ताजा क्यानबेरी जुस खुवाउनाले केही सातापछि ओछ्यानमा पिसाब फेर्ने समस्या हटेर जान्छ ।

ओखर र किसमिसः

बच्चालाई सुताउनुअघि दुई ओखर र पाँच वटा किसमिस खुवाउने गरेमा केही सातामै बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी सुध्रिदै जान्छ ।

दालचिनीः

ओछ्यानमा पिसाब फेर्ने बच्चाहरुको लागि दालचिनीको सेवन रामबाणसरह नै हो । दालचिनीको टुक्रा दिनमा एक पटक बच्चालाई चुस्न दिने वा दालचिनीको पाउडर छर्किएर खाजा खुवाउने गरेमा पिसाब फेर्ने बानी रोकिन्छ ।

अमलाः

दुई वटा अमला राम्रोसँग पिस्ने र यसमा एक चम्चा मह र एक चिम्टी बेसार मिसाई पेस्ट बनाई बच्चालाई हरेक दिन बिहान एक चम्चा खान दिएका पिसाब फार्न रोकिन्छ ।


 

More form the Internet

loading...