Suvadin, Home

Cover Image

एक वर्षदेखि तलब नपाएपछि धादिङका चिकित्सक आन्दोलनमा उत्रिदै

चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पनि मासिकरुपमा पाउनुपर्ने तलबभत्ता नपाएको भन्दै आगामी असार ८ गते आइतबारदेखि आकस्मिक बाहेकका अरु सबै सेवा बहिस्कार गर्ने चेतावनी दिएका छन्।

धादिङवेशी, असार ५ - जिल्ला अस्पताल धादिङमा कार्यरत करारका चिकित्सकले काम गरको १ वर्ष भइसक्दा पनि तलब भत्ता नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्।

चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पनि मासिकरुपमा पाउनुपर्ने तलबभत्ता नपाएको भन्दै आगामी असार ८ गते आइतबारदेखि आकस्मिक बाहेकका अरु सबै सेवा बहिस्कार गर्ने चेतावनी दिएका छन्।

जिल्ला अस्पताल धादिङका प्रमुखलाई तत्काल तलब भत्ता निकासा गरिदिन माग गर्दै करारमा कार्यरत ११ चिकित्सकले हस्ताक्षर गर्दै सामूहिक निवेदन बुझाएका छन्।

आगामी ७ गते शनिवारसम्ममा गएको साउन महिनादेखिको तलब भत्ता एकमुष्ट रुपमा नपाए ८ गतेदेखि आकस्मिक बाहेक अन्य सेवा संचालनमा सहभागी नहुने उनीहरूकाे भनाइ छ ।
 

 

 


 

More form the Internet

loading...