Suvadin, Home

परीक्षा बोर्डले भन्याे, - 'एसईईको नतिजा आज आउँदैन'

उनले भने, - 'हामी नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेका छौं। यो हप्ताभित्रै नतिजा सार्वजनिक हुन्छ। बुधबार नै सार्वजनिक हुने सम्भावना छैन।' साथै उनले हल्लाकोपछि नलाग्न समेत आग्रह गरे।

काठमाडौं, असार ११ - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बुधबार सार्वजनिक हुने सम्भावना नरहेको राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष डा.चन्द्रमणी पौडेलले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको भए पनि बुधबार नै प्रकाशित हुने सम्भावना भने नरहेको स्पष्ट पारेका हुन्।

उनले भने, - 'हामी नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेका छौं। यो हप्ताभित्रै नतिजा सार्वजनिक हुन्छ। बुधबार नै सार्वजनिक हुने सम्भावना छैन।' साथै उनले हल्लाकोपछि नलाग्न समेत आग्रह गरे।

बुधबार नै एसईईको नतिजा सार्वजनिक हुने भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए। गत चैत १० गतेदेखि भएको परीक्षामा मुलुकभरबाट ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए।


 

More form the Internet

loading...