Suvadin, Home

निजामती सेवा प्रवेशको उमेर घट्ने

समिति सभापति शशी श्रेष्ठले अन्य कानुन बाझिने-नबाझिने अवस्था हेरेर निर्देशनअनुसार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा परिमार्जन गरेर ल्याउन भनेकी हुन्। उक्त विधेयकको दफावार छलफलका क्रममा समितिले दफा १६ माथिको ुउम्मेदवार हुन अयोग्यताुसम्बन्धी छलफलमा उक्त निर्देशन दिएको हो। समितिले प्रवेशको उमेर पनि घटाउन प्रस्ताव गरेको छ।

काठमाडाै‍, असार १५ - निजामती सेवामा प्रवेशको अधिकतम उमेर पुरुषका हकमा ३० वर्ष बनाउन संसदीय समितिले निर्देशन दिएको छ। त्यस्तै महिला तथा विशेष अवस्थाका व्यक्तिको हकमा ३५ वर्ष बनाउन संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई आइतबार निर्देशन दिएको छ।

यसअघि महिला तथा विशेष अवस्थाका व्यक्तिहरूले ४० वर्षसम्म र पुरुषले ३५ वर्षसम्म निजामतीमा जान पाउने व्यवस्थालाई संशोधन गरी ३५ वर्ष र ३० वर्षमा झार्न समितिको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो।

समिति सभापति शशी श्रेष्ठले अन्य कानुन बाझिने(नबाझिने अवस्था हेरेर निर्देशनअनुसार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा परिमार्जन गरेर ल्याउन भनेकी हुन्।

उक्त विधेयकको दफावार छलफलका क्रममा समितिले दफा १६ माथिको ुउम्मेदवार हुन अयोग्यताुसम्बन्धी छलफलमा उक्त निर्देशन दिएको हो। समितिले प्रवेशको उमेर पनि घटाउन प्रस्ताव गरेको छ।

समितिको नयाँ प्रस्तावअनुसार निजामती सेवा प्रवेशको न्यूनतम उमेर १६ वर्ष हुनेछ। त्यस्तै अधिकतम उमेर ३० वर्ष। यसअघि निजामती सेवामा प्रवेश गर्ने पुरुषका लागि अधिकतम उमेर ३५ थियो।

निजामती सेवामा प्रवेशको न्यूनतम उमेर यसअघि राजपत्रअनंकित वा सो सरहको पदमा १८ वर्ष र राजपत्रांकित वा सो सरहको पदमा २१ वर्ष थियो। सरकारले छलफलमा रहेको विधेयकमा उक्त व्यवस्था जस्ताको तस्तै राखेको थियो।
 


 

More form the Internet

loading...