Suvadin, Home

Cover Image

पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड र तालाबन्दी

विश्वविद्यालय विरुद्ध आन्दोलनको घोषणा नै गरेर पाँच विद्यार्थी संगठन तोडफोड र तालाबन्दीमा उत्रिएका हुन्। सरकारले विज्ञापन सम्बन्धी काम रोके पनि निश्चित व्यक्तिलाई सेवा प्रवेश गराउने उदेश्य राखेर पुनः विज्ञापन गरिएको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा आन्दोलन थालेका हुन्। 

विराटनगर, असार २२ - पूर्वाञ्चल विश्वविद्यालयमा आइतबार तोडफोड र तालाबन्दी गरिएको छ। विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित विश्व विद्यालयको केन्द्रीय कार्यालय र विराटनगर-३ बरगाछीस्थित सेवा आयोगको कार्यालयमा तोडफोड गरेर विध्वंश मच्चाइयो।

विश्वविद्यालय विरुद्ध आन्दोलनको घोषणा नै गरेर पाँच विद्यार्थी संगठन तोडफोड र तालाबन्दीमा उत्रिएका हुन्। सरकारले विज्ञापन सम्बन्धी काम रोके पनि निश्चित व्यक्तिलाई सेवा प्रवेश गराउने उदेश्य राखेर पुनः विज्ञापन गरिएको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा आन्दोलन थालेका हुन्। 

त्यसको विरोधमा विभिन्न संगठन आवद्ध विद्यार्थीहरुले आइतबार विश्वविद्यालयको विराटनगरस्थित केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तोडफोड र तालाबन्दी गरेका छन्।

विद्यार्थीले विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गरे। तालाबन्दीका समयमा उपकुलपति घनश्याम लाल दास काठमाडौं र रजिष्ट्रार प्रमिला थापा भारतमा रहेको विश्व विद्यालयका मुख्य अधिकृत फणिन्द्रराज गौतमले बताए। 


 

More form the Internet

loading...