Suvadin, Home

रुघाखोकीको भाईरसले क्यान्सरको जोखिम कम 

उक्त अध्ययनका क्रममा एकजना बिरामीमा क्यान्सरको संकेत पूर्णरूपमा निर्मुल भएको र अन्य १४ जनामा क्यान्सरसम्बन्धी कोष मरेको पाइएको थियो। मुत्रथैलीसम्बन्धी क्यान्सरको क्षेत्रमा कार्यरत एउटा संस्थाले बृहत् अध्ययनबाट पनि यस्तै परिणाम आए त्यो निक्कै उत्साहप्रद हुने बताएको छ।

काठमाडौं, असार २२ - रुघाखोकी लाग्दा निस्कने एक किसिमको भाइरसले क्यान्सरको जोखिम कम गराउने एक अध्ययनबाट पत्ता लागेको छ। ब्रिटेनस्थित युनिभर्सिटी अफ सरीका अनुसन्धानकर्ताले गरेको अध्ययनले रुघाखोकी लाग्दा निस्कने भाइरसले मुत्रनलीको क्यान्सरको कोषलाई नष्ट गर्न सक्ने बताएका हुन्।

उक्त अध्ययनका क्रममा एकजना बिरामीमा क्यान्सरको संकेत पूर्णरूपमा निर्मुल भएको र अन्य १४ जनामा क्यान्सरसम्बन्धी कोष मरेको पाइएको थियो। मुत्रथैलीसम्बन्धी क्यान्सरको क्षेत्रमा कार्यरत एउटा संस्थाले बृहत् अध्ययनबाट पनि यस्तै परिणाम आए त्यो निक्कै उत्साहप्रद हुने बताएको छ।

ब्रिटेनमा हरेक वर्ष लगभग १० हजार एनएमआइबिसी भनिने मुत्रथैलीसम्बन्धी क्यान्सरका नयाँ बिरामी देखिने गर्छन् र त्यसलाई आम रूपमा देखिने क्यान्सरको सूचीमा दशौँ स्थानमा राखिएको छ।

हाल मुत्रथैलीको क्यान्सरको उपचार पद्धती निक्कै कडा छ र त्यस विधिले गम्भीर र विषाक्त असरसमेत गर्ने गर्छ। निको भइसकेपछि पनि क्यान्सर दोहोरिएको छ कि छैन भनेर गरिने नियमित जाँचसमेत महँगो छ।

 

 


 

More form the Internet

loading...