Suvadin, Home

बीपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. खनाल नियुक्त

उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र अख्तियारको ऐन २०४८ को दफा १७ तथा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार स्वतः पदवाट निलम्बनमा परेकाले अर्को व्यवस्था नभएसम्मका लागि डा खनाललाई निमित्त उपकुलपतिमा नियुत्त गरिएको प्रतिष्ठानले जनाएको छ ।

सुनसरी, श्रावण १ - एक सातादेखि उपकुलपतिविहीन बनेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार निमित्त उपकुलपति पाएको छ । प्रतिष्ठान उपकुलपतिविहीन भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाललाई निमित्त उपकुलपति पदमा नियुक्त गरेको हो । 

उपकुलपति प्रा.डा.राजकुमार रौनियारलाई घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र अख्तियारको ऐन २०४८ को दफा १७ तथा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार स्वतः पदवाट निलम्बनमा परेकाले अर्को व्यवस्था नभएसम्मका लागि डा खनाललाई निमित्त उपकुलपतिमा नियुत्त गरिएको प्रतिष्ठानले जनाएको छ ।

निमित्त उपकुलपति नियुक्त डा.खनालले प्रतिष्ठानको विभिन्न विभागीय प्रमुख, प्राध्यापक एवम् शाखारमहाशाखा प्रमुखहरुको बैठक गरी सबैलाई आ(आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्न आग्रह गरेको प्रतिष्ठानले जनाएको छ ।

यता प्रतिष्ठानकै चार पदाधिकारीमध्ये एक मानिएका रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई पनि अख्तियारले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेकाले आर्थिक कारोबारमा समस्या भने ज्युकाँ त्यूँ छ । उनी पनि स्वतः निलम्बनमा परेकाले उक्त पद पनि रिक्त छ । यसैगरी लेखा प्रमुख दिनेश दाहाल, डेपुटी म्यानेजर अमित श्रीवास्तवलाई पनि अख्तियारले मुद्दा दायर गरेकाले उनीहरु पनि स्वतस् निलम्बनमा परेका छन् ।


 

More form the Internet

loading...