Suvadin, Home

Cover Image

लिबर्टीका नायक बिक्रम

विद्यार्थीलाई अब्बल बनाउने त्रिकोणात्मक सम्बन्ध उत्तिकै बलियो हुनुपर्ने प्रिन्सिपल बिक्रमको तर्क छ । भन्छन् – “विद्यार्थीमात्र पढाइमा अब्बल भएर हुँदैन त्यससँगसँगै कलेज, शिक्षकशिक्षिका तथा अभिभावक पनि उत्तिकै उत्कृष्ट र सक्रिय हुन आवश्यक छ । जुन यस कलेजको मूल विशेषता हो ।” गुणस्तरीय शिक्षाका लागि कुनै पनि कुराको सम्झौता गर्नुहुँदैन भन्ने उनको मान्यता छ । विद्ययार्थीलाई शिक्षा दिएरमात्र पुग्दैन । उनीहरुलाई व्यवहारिक ज्ञान र सिप तथा व्यक्तित्व विकास पनि उत्तिकै आवश्यक रहन्छ भन्ने कुरामा लिबर्टी कलेजले विशेष जोड दिएको बिक्रमले बताए । 

काठमाडाै‌, साउन ४ - गुणस्तरीय शिक्षासँगै दक्ष जनशक्ति उत्पादनमा विशेष जोड दिइरहेको छ, लिबर्टी कलेजले । काम गर्ने जाँगर भएको समयमा सुन फल्ने अद्भूत भूमिबाट पलायन हुने सपना देख्नु राम्रो होइन् । जे गर्दा सफल भइने मुलुक हो नेपाल ।  

अघिल्लो दिन नै समय मागेकोले फोन गरेर सिधैं कलेजमै गएँ । रिस्पेसनमा सोधपुछपछि उनी बसेको कोठामा गएँ । हँसिलो अनुहार, चिटिक्क मिलेको जिउमाथि कालो कोट र टाइसुट पहिरिएका थिए उनले । 
म ढोका ‘नक’ गरेर भित्र छिरेपछि हात अघि बढाउँदै भने – म तपाईंलाई नै पर्खिरहेको थिएँ । 

बोल्दा लवज पश्चिमतिरककै जस्तो लाग्यो । सोधेँ – घर उतै हो ? हो – मेरो महेन्द्रनगर हो । अपनत्व महसुस भयो । पहिले कहिल्यैं चिनजान थिएन । अघिल्लो दिन शुभदिन मिडियाका निर्देशक तथा मिस नेपाल २००५, सुगारिका केसी म्याममार्फत फोनमा कुराकानी भएर भेट्न गएको थिएँँ । तर, वर्षौदेखि चिनेकोजस्तो लाग्यो । 
सुदूरपश्चिमको कञ्चनपुरस्थित महेन्द्रनगर – १ तिलकपुर, ताराकुण्डामा जन्मिए । गाउँमै एसएलसीसम्मको पढाइ पूरा गरे । उच्च शिक्षाका लागि काठमाडौं आए । दाजुहरु यतै भएकोले त्यस्तो गाह्रो भएन । तर, आफैंले केही गर्नुपर्छ भन्ने उनको मनमा थियो । 

सपनाको सहरमा रहरका पुलिन्दा बोकेर छिरेका बिक्रम विष्टको जीवनयात्राको पहिलो खुड्किलो सुरु भयो काठमाडौंको इन्टेसिभ इन्टरनेशनल एकेडेमीबाट । उनले त्यहाँ प्लस टु गरे । त्यसपछि सन् २००९ मा ग्लोबल ग्रुप (जो शिक्षा क्षेत्रमै अग्रणीस्थानमा छ) ले सञ्चालन गरेको ग्लोबल कलेज अफ म्यानेजमेन्टबाट ब्याचलर लेभलको अध्ययन पूरा गरे । त्यहीँबाट सन् सन् २०१२ मा एमबीएको अध्ययन पूरा गरे । 

पढाइमा अब्बल बिक्रमका साथीहरुले सुनाउँथे, अब विदेश गएर पढ्नुपर्छ, पैसा कमाउनुपर्छलगायत... । पछिल्लो समय चलेको लहड पनि हो, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने । विदेश जाने सामथ्र्य नभएको पनि होइन । तर बिक्रमलाई विदेशमा गइहाल्नुपर्छ भन्ने कहिल्यै लागेन । उनको एउटै ध्यये थियो – जसरी पनि नेपालमै बस्ने र नेपालमै केही नयाँ काम गर्ने हो । अर्को कुरा बिक्रमको हिमचिम आफ्नो उमेर समूहका साथीभन्दा पनि अग्रजहरुसँग र शिक्षा क्षेत्रमा लामो समय बिताएका दिग्गजहरु बढी भएकोले पनि शिक्षा क्षेत्रमै काम गर्ने प्रेरणा मिलेको सुनाउँछन् ।

उनी आफूभन्दा केही बढी जानेकोहरुसँग संगत गर्दा नै नयाँ कुरा र उनीहरुका अनुभवबाट धेरै सिक्न मिल्ने उनी बताउँछन् ।

पढाइमा अब्बल, मिजासिलो स्वभाव, दह्रो प्रतिबद्धता र चुनौती सामना इच्छाशक्ति भएकै कारण बिक्रम ग्लोबल ग्रुपकै विभिन्न शैक्षिक संस्थामा लामो समय काम गरे । कामको लामो अनुभव भइसकेपछि बिक्रम पनि नियमितभन्दा फरक जीम्मेवारी र चुनौती उठाउन मिल्ने अवसरको खोजीमा थिए । ग्लोबल ग्रुपले पनि बिक्रमजस्तो नियमित लगन र दह्रो प्रतिबद्धता भएको व्यक्ति गुमाउन चाहेन । 

फलस्वरुप ग्लोबल ग्रुपको नयाँ भेन्चरको रुपमा लिबर्टी कलेजको सुरुवात भयो । सन् २००९ मा स्थापना भएको कलेज पहिले भूवन भट्टहरुको ग्रुपले सञ्चालन गरेको थियो । पछि ग्लोबल ग्रुपले लियो र त्यसको नेतृत्वको जीम्मा बिक्रमलाई दिइयो । अहिले बिक्रम लिबर्टी कलेजका प्रिन्सिपल हुन् । थोरै समयमा ठूलो प्रगती गरेका बिक्रम भन्छन् – अहिले हामीले कलेजलाई ‘इन्डिपिडेन्टली’ सञ्चालन गरिरहेका छौं । दूर पश्चिमबाट उदाएका बिक्रम राजधानी केन्द्रमा आएर ज्ञानको ज्योती फैलाइरहेका छन् । 
कलेजको बारेमा 

सिंहदरबारको पूर्वतिररहेको हनुमानथान मन्दिरबाट करिब एक सय मिटर अगाडि बायाँतिरबाट भित्र छिर्दा देखिन्छ यो कलेज । भौतिक संरचना सम्पन्न यो कलेज गेटबाट छिर्दा लाग्छ – यत्रो भिडभाडको सहरभित्र पनि यस्तो शान्त ठाउँमा शिक्षा प्रदान गर्ने उत्कृष्ट वातावरण रहेछ । 

अहिले कलेजमा करिब चार सयजना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । बीबीए (ब्याचलर अफ बिजनेस एडमिन्सट्रेसन) र बीएचएम (ब्याचलर अफ हस्पिटालिटी म्यानेजमेन्ट) गरी दुईवटा संकायको अध्ययन गराइन्छ । सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक तथा व्यवहारिक अझ भनौं जीवनोपयोगी विषय पढाइ यी दुई संकायका लागि आवश्यक सम्पूर्ण भौतिक संरचना तथा प्रयोगात्मक सामग्री सम्पन्न भएको प्रिन्सिपल बिक्रम बताउँछन् । उनी भन्छन् – “भौतिक संरचना र  विद्यार्थीका लागि आवश्यक प्रयोगात्मक सामग्री भयो र उत्कृष्ट शिक्षकहरु भएमा विद्यार्थीको शिक्षिक गुणस्तरमा प्रश्न उठाउने ठाउँ रहँदैन ।” 

विद्यार्थीलाई अब्बल बनाउने त्रिकोणात्मक सम्बन्ध उत्तिकै बलियो हुनुपर्ने प्रिन्सिपल बिक्रमको तर्क छ । भन्छन् – “विद्यार्थीमात्र पढाइमा अब्बल भएर हुँदैन त्यससँगसँगै कलेज, शिक्षक/शिक्षिका तथा अभिभावक पनि उत्तिकै उत्कृष्ट र सक्रिय हुन आवश्यक छ । जुन यस कलेजको मूल विशेषता हो ।” 

गुणस्तरीय शिक्षाका लागि कुनै पनि कुराको सम्झौता गर्नुहुँदैन भन्ने उनको मान्यता छ । विद्ययार्थीलाई शिक्षा दिएरमात्र पुग्दैन । उनीहरुलाई व्यवहारिक ज्ञान र सिप तथा व्यक्तित्व विकास पनि उत्तिकै आवश्यक रहन्छ भन्ने कुरामा लिबर्टी कलेजले विशेष जोड दिएको बिक्रमले बताए । 
लिबर्टीमा नै किन पढ्ने ? 

विश्वस्तरको गुणस्तरीय शिक्षा दिने उद्देश्यका साथ अघि बढेको लिबर्टीले विद्यार्थीलाई डिग्रीको सर्टिफिकेटभन्दा पनि विद्याथीको दक्षता र क्षमतामा विशेष जोड दिएको छ । विद्यार्थीलाई पढाउने पुरानो शैलीबाट मुक्त भएर विद्यार्थीको क्षमता अनुसार पढाउने र सिकाउने गरिन्छ । किताबी ज्ञानभन्दा पनि व्यवहारिक ज्ञानमा बढी जोड दिएको छ । विद्यार्थीले डिग्रीको प्रमाणपत्र बोकेर खाडीलगायतका मुलुकमा जानुपर्ने नेपालीको बाध्यतालाई चिर्न र बजारमा बिक्ने किसिमको जनशक्ति उत्पादनमा कलेजले जोड दिएको उनी बताउँछन् । 

बजारमा दक्ष जनशक्ति अभाव हुन नदिन र मुलुकको आर्थिक समृद्धिको यात्रालाई टेवा पुर्याउने कलेजले क्षमतावान जनशक्ति उत्पादन गरिरहेको कलेज प्रशासनको दाबी छ । बजारमा आवश्यक ज्ञान, सिप र अवधारणा तथा व्यक्तिलाई जागिर खोज्नेभन्दा पनि रोज्ने र जागिर दिने बनाउने कलेजले सम्पूर्ण अभ्यासहरु गराउँछ । जसका कारण बीबीए र बीएचम अध्ययन गर्न चाहने विद्यार्थीको पहिलो रोजाइमा लिबर्टी कलेज पर्ने गरेको प्रिन्सिपल बिक्रम बताउँछन् । यहाँ विशेष गरी काठमाडौं बाहिरबाट आउनेहरु यहाँ अध्ययन गरिरहेका छन् ।
बीबीए 

करिब तीन सयजना जति अहिले लीबर्टी कलेजमा बीबीए अध्ययन गरिरहेका छन् । बजारमा भएका अन्य कलेजको तुलनामा सस्तो मूल्यमा गुणस्तरीया शिक्षा लिबर्टीले प्रदान गरिरहेको छ । विद्यार्थीलाई यहाँ विभिन्न प्रयोगात्मक, व्यक्तित्व विकास, क्षमता विकास र एक सफल उद्यमी बनाउन र बिजेनेसको क्षेत्रमा एक सफल बिजनेसम्यान बनाउन कलेजले विभिन्न गतिविधिहरु गर्छ । 

बीबीएमका विद्यार्थीको क्षमता विकासका लागि ‘बीबीए फेस्ट’ को आयोजना गर्छ । जसमा विद्यार्थीहरुले विभिन्न बिजनेस एजुकेशनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बनाउन विविध कार्यक्रमहरु गरिन्छन् । विद्ययार्थीहरुको प्रत्यक्ष सहभागीतामो हुने यस्ता कार्यक्रमले उनीहरुले भोलि बजारमा भोग्ने चुनौती र समाधान गर्ने उपायका बारेमा ज्ञान दिने र क्षमता विकास गर्ने मुख्य उद्देश्य रहेको छ । हरेक वर्ष यो कार्यक्रम नियमित रुपमा सञ्चालन गरिन्छ । 

त्यसैगरी विद्यार्थीलाई एक सफल बिजनेस म्यान बनाउने उद्देश्यले कलेजले विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी विजनेश आइडिया जेनरेट गरिन्छ । त्यहाँ विद्ययार्थीहरुकै संलग्नता र शिक्षकहरुको सल्लाहमा विजनेश कन्सेप्टदेखि लगानी र लगानी गरिसकेपछिको जोखिम उठाउनसक्ने क्षमता विकाससम्म गराइन्छ । यसरी कलेजबाटै एक सफल बिजनेसम्यान बनाउने गरी कलेजस्तरबाटै सञ्चालन भएको यो पहिलो कार्यक्रम हो । 

विद्यार्थीहरुको क्षमता विकासका लागि विभिन्न कम्युनिकेशन स्किल डेभलप्मेन्त तालिमहरु प्रदान गरिन्छ । जसका कारण विद्यार्थीले आफ्नो शैक्षिक योग्ताको प्रमाणपत्रसँगै एक सफल बिजनेसम्यान भएर निस्कने र बजारले बोलाउने जनशक्ति उत्पादनमा लिबर्टी कलेजले विशेष पहल गरिरहेका छ । 
बीएचम

हाल यस कलेजमा करिब एक सयको हाराहारीमा बीएचएमका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । यसमा पनि विद्यार्थीको क्षमता र सीप विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएका छन् । चार वर्षे कोर्स भएको यसमा तीन वर्ष कलेजमै पढाइ हुने र अन्तिम एक वर्ष प्रयोगात्मका लागि विदेशका विभिन्न पाँचतारे होटलहरुमा विद्यार्थीलाई पठाइन्छ । त्यहाँ जाँदा विद्यार्थीले कलेजमा सिकेको ज्ञान सीपको उपयोगसँगै कमाइसमेत गर्ने गरेको कलेजका प्रिन्सिपल बिक्रम बिस्ट बताउँछन् । 

बीएचएम अध्ययन गर्ने विद्यार्थीको क्षमता र सीप विकासका लागि पनि विभिन्न समयमा फुड फेस्टिभल गराउने, काठमाडौंका विभिन्न तारे होटलहरुमा छोटो समयमा लागि आफ्नो ज्ञानको अनुभव गराउनका लागि पठाउनेलगायतका विविध गतिविधिमा सहभागी गराइन्छ ।
तीन महिने भोकेसनल तालिम

कलेजले यही वर्षदेनि तीम महिने भोकेसनल तालिम दिन पनि सुरु गरेको छ । तीन महिनाको अवधिमा सिक्न मिल्ने किसिमको होटल म्यानेजमेन्ट तथा हस्पिटालिटीसम्बन्धी तालीम सुरु गरेको छ । जसमा कम्तिमा आठ कक्षा पास गरेको नेपाली नागरिकले तालिममा सहभागी हुन पाउँछ । कुक, सेफ, वेटर-वेटरेसलगायतका तालिम प्रदान गरिन्छन् । 

सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिएको हो । बजारमा दक्ष जनशक्ति अभाव भएको र आगामी वर्ष २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेकोले बजारको दक्ष जनशक्तिको मागलाई पूरा गर्न यस्तो छोटो अवधिको कोर्ष सञ्चालन गरिएको कलेजका प्रिन्सिपल बिक्रमले बताए । 
आगामी योजना 

आगामी वर्ष एमबीए र एमएचएम सञ्चालन गर्ने योजना रहेको छ । यससँगै विद्यार्थीको गुणस्तर वृद्धि र क्षमता विकासमा नयाँ–नयाँ अभ्यास र प्रयोग गरेर अघि बढ्ने योजना छ । 
'मिस एन्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९'

भिजिट नेपाल २०२० लाई नै लक्षित गरी सञ्चालन भइरहेको 'मिस एन्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९' सँग पनि कलेज जोडिएको छ । यस प्रतियोगिताको शैक्षिक साझेदार लिबर्टी कलेज बनेको छ । 
यस विषयमा बिक्रम भन्छन्, “बजारमा होटल म्यानेजमेन्टमा डिग्री लिएकाहरु भएपनि दक्ष जनशक्तिको अभाव छ । एकातिर सरकारले आगामी वर्ष २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको छ भने अर्कोतिर बजारमा ती पर्यटकलाई स्वागत गेर्ने र सेवा गेर्न दक्ष जनशक्तिको अभाव छ ।

यस अभावालाई पूर्ति गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सुरु भएको मिस एन्ड मिस्टर हस्पिटालिटी नेपालको र हाम्रो उद्देश्य समान भएकोले साझेदारी गरिएको हो । हामीले उत्पादन गरेका जनशक्तिलाई थप परिष्कृत र परिमार्जित गर्ने प्लेटफर्म हो मिस एन्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९ ।”यस्ता कार्यक्रमले बजारको माग पूरा गर्ने र जनशक्तिलाई माझ्ने तथा बजारमा परिचय स्थापित गराइदिने भएकोले निरन्तर सञ्चालन हुनुपर्ने उनी बताउँछन् । 

भिजिट नेपाल २०२० सफल पार्न सरकारले एक्लैले लागेर नहुने उनको तर्क छ । यस कार्यमा सम्पूर्ण नेपालीको उत्तिकै ठूलो जिम्मेवारी भएको र यससँग सरोकार राख्ने संघसंस्थाहरु थप सक्रियातका साथ काम गर्नुपर्ने उनको भनाई छ ।

अन्त्यमा, युवाहरु अहिले विदेशिने दर बढेकोप्रति उनी चिन्ता गर्छन । भन्छन्, “हामी विदेश जान निकै हतारिन्छौं । विकसित देशमा हामी जे गर्न पनि तयार छौं तर हाम्रोजस्तो विकासशिल देशमा जे गरे पनि सफल हुने र मुलुकको आर्थिक वृद्धिमा टेवा पुग्ने ठाउँमा केही गर्न तयार हुँदैनौं ।”

सानै काम भएपनि आफैं सुरु गरेर उद्यमी बन्दा व्यक्ति र मुलुक दुबैलाई टेवा पुग्ने भएकोले नेपालमै केही गर्न उनी आग्रह गर्छन् । 
 


 

More form the Internet

loading...