Suvadin, Home

Cover Image

सर्प संरक्षकहरु भन्छन् - 'सर्प र मानिस दुवै बाँच्ने किसिमले जोगिनुपर्छ'
'सर्प मानिसको शत्रु होइन'

असार साउनमा महिना अत्यधिक सर्पको बिगबिगी हुने महिना हो । नेपालमा ९० प्रजातिका सर्प पाइन्छ । जमिनमा बस्ने सर्पले ओभानो ठाउँ मन पराउँछन् । पानीमा बस्ने भए पनि श्वासप्रश्वास र आनन्दका लागि जमिनमा उत्रने गर्छन् । बाढीका बेला सर्प ज्यान जोगाउनकै लागि न्यानो क्षेत्रको बढी खोजी गर्छन् ।  अरू बेला पनि मानिसले अन्न, खेतीपाती घरमा भित्र्याउने बेला सर्पको आवतजावत बढ्छ । अन्न मनपराउने र किराफट्याङ्ग्रा मन पराउने मुसा, भ्यागुता लगायतका सर्पका आहरा घर, खेतमा बढी हुने भएकाले सर्प नजानीकनै हामी छेउ आइपुग्छन् ।  तराईमा अझ बढी कृषि कार्य र सुहाउँदो मौसम भएकाले बढी हुन्छ । 

काठमाडाै‌, साउन ५ - नेपालको तराई भेगमा बाढी, डुबान र पहाडमा पहिरोले यतिबेला जनजीवन अस्तव्यस्त छ । मानिससँगै तराईमा यतिबेला विषालु सर्प पनि ज्यान जोगाउन ओभानो ठाउँ खोजिरहेका हुन्छन्  । त्यसैबेला सर्पहरु डस्न पुग्छन् । 

सर्पले मानिसलाई डस्ने क्रम तराईको डुबानग्रस्त क्षेत्रमा बढेको छ । सर्पको आहारा मानिस होइन तर सर्पका आहरा र बासस्थान मानिसको बासस्थान वरपर नै हुन्छ । यसले मानिसको बस्तीमा सर्पको पहुँच हुन्छ । विपद्का बेला अत्तालिएको सर्पले आफ्नो ज्यान जोगाउन मानिसलाई डस्ने क्रम बढी हुने भएकाले सचेत भएर जोगिनुपर्ने विज्ञहरूको सुझाव छ ।  

असार साउनमा महिना अत्यधिक सर्पको बिगबिगी हुने महिना हो । नेपालमा ९० प्रजातिका सर्प पाइन्छ । जमिनमा बस्ने सर्पले ओभानो ठाउँ मन पराउँछन् । पानीमा बस्ने भए पनि श्वासप्रश्वास र आनन्दका लागि जमिनमा उत्रने गर्छन् । बाढीका बेला सर्प ज्यान जोगाउनकै लागि न्यानो क्षेत्रको बढी खोजी गर्छन् ।  अरू बेला पनि मानिसले अन्न, खेतीपाती घरमा भित्र्याउने बेला सर्पको आवतजावत बढ्छ । अन्न मनपराउने र किराफट्याङ्ग्रा मन पराउने मुसा, भ्यागुता लगायतका सर्पका आहरा घर, खेतमा बढी हुने भएकाले सर्प नजानीकनै हामी छेउ आइपुग्छन् ।  तराईमा अझ बढी कृषि कार्य र सुहाउँदो मौसम भएकाले बढी हुन्छ । 

नेपालमा पाइनेमध्ये १८ प्रजातिको सर्प अत्यधिक विषालु रहेको विज्ञहरूको भनाइ छ। “सबैभन्दा विषालु सर्प गोमन र करेत हो ।  गोमनभित्र गोमन र राजगोमन दुई जाति छन् ।  
करेत रातमा सक्रिय हुन्छ तर गोमन बिहानको झुल्के घामको समय र गोधुली साँझमा बढी डुल्छ ।  करेतले टोकेको दुख्दैन, ढिला थाहा हुन्छ तर गोमनले टोक्नुअघि फना उठाएर सतर्क गराउँछ । 

जोगिनुको विकल्प छैन

विपद्को बेला सर्पको बिगबिगीमा जोगिएर बस्नुको विकल्प नहुने विज्ञहरू बताउँछन् । अनाज राख्दा घरदेखि अलिक पर राख्ने, मुसाको दुलो टाल्ने, घरको विछ्यौना जमिनबाट माथि खाट प्रयोग गरेर राख्ने, झुलमा दिनहुँ सरसफाइ गरेर सुत्ने र सुत्केरीलाई विशेष सुरक्षाका साथ राख्नुपर्ने हुन्छ । 
खेतबारी, वनजङ्गलमा काम गर्दा बुट तथा ग्लोब लाउने, झार भएको बाटो र अध्याँरोमा हिँड्दा लौराले हिर्काउँदै हिँड्दा सर्प भाग्ने र देखिने गर्छ । यसले डसाइबाट बचाउने छ । 

सर्प मानिसको शत्रु होइन । त्यसैले सर्प र मानिस दुवै बाँच्ने किसिमले जोगिनुपर्ने सर्प संरक्षकहरुकाे भनाइ छ ।  झ्याल ढोकामा जालीको प्रयोग गर्ने र सर्पले मन नपराउने गन्धको झोल प्रयोग गरी जोगिने प्रयास गर्न सकिन्छ ।  तर, करेत मानिसको तातो थाहा पाएरै भित्र पस्ने हुँदा चलमलाउँदा टोक्छ । त्यसपछि उपचारको विकल्प हुन्न ।

औषधि पठाइदै 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी प्रभावित जिल्लामा औषधि पठाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ‘स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई’ प्रमुख चूडामणि भण्डारीले बाढीबाट बढी प्रभावित भएका तराईका जिल्लाहरूमा औषधि पठाउन सुरु गरिसकेको जानकारी दिए । उनले दातृ निकायको सहयोगमा महोत्तरी, धनुषा, सिरहा, रौतहट, सर्लाहीमा औषधि पठाउने काम सुरु भइसेको जानकारी दिँदै बाढी प्रभावित क्षेत्रमा कुनै किसिमको प्रकोप नफैलियोस भनेर सतर्कता अपनाइएको बताए  । 

बाढीपछि तराईका जिल्लामा सर्पदंशका बिरामी बढेपछि सो क्षेत्रका लागि एक हजार एक सय ‘भाइल एन्टिस्नेक भेनम’ पठाएको छ । बाढी र डुबानसँगै निस्किएका विषालु सर्पको टोकाइका कारण मानिसहरू अस्पतालमा आउन थालेपछि ११ सय भाइल एन्टी स्नेक भेनम औषधि पठाइसकेको जनाइएकाे छ ।

 


 

More form the Internet

loading...