Suvadin, Home

यस कारण रिस उठ्छ : भोको पेटमा धेरै, कसरी रिस कम गर्ने ?

रिस मानवीय संवेदनासँग जोडिएको हुन्छ। रिस सबैलाई उठ्छ। रिस नियन्त्रण गर्न सकिएन भने ठूलै दुर्घटना निम्तिन सक्छ। रिसको आवेगमा गरिएको कामले पछुतो मान्नुपर्ने स्थिति आउनसक्छ। वैज्ञानिकहरूले भोक लाग्ना साथ रिस उठ्ने कारण पत्ता लगाएका छन्। जीवविज्ञानको परस्पर क्रिया, व्यक्तित्व र छेउछाउको माहोलले गर्दा यस्तो हुन्छ।

काठमाडौं । रिस मानवीय संवेदनासँग जोडिएको हुन्छ। रिस सबैलाई उठ्छ। रिस नियन्त्रण गर्न सकिएन भने ठूलै दुर्घटना निम्तिन सक्छ। रिसको आवेगमा गरिएको कामले पछुतो मान्नुपर्ने स्थिति आउनसक्छ। वैज्ञानिकहरूले भोक लाग्ना साथ रिस उठ्ने कारण पत्ता लगाएका छन्। जीवविज्ञानको परस्पर क्रिया, व्यक्तित्व र छेउछाउको माहोलले गर्दा यस्तो हुन्छ।

चार सयभन्दा बढी व्यक्तिमा गरिएको यो अध्ययन ‘इमोसनल’ जर्नलमा प्रकाशित छ। त्यसअनुसार भोको अनुभव गर्नाले कहिलेकाहीं मानिसको भावना र दुनियाँलाई लिएर विचार पनि प्रभावित हुन्छ।

हालै ‘हंग्री’ शब्दलाई अक्सफोर्ड डिक्सनरीले क्रियाका अर्थमा पनि प्रविष्ट गरेको छ। अब ‘हंग्री’ माने-भोकका कारण रिस उठ्नु।

यो अनुसन्धानको मुख्य उद्देश्य भोकसँग जोडिएको भावनात्मक स्थितिको मनोवैज्ञानिक तरिकाले अध्ययन गर्नु थियो। कुनै व्यक्ति भोको हुँदा कसरी रिसाउँछ ?

अनुसन्धानअनुसार, आफू छेउछाउको अवस्थाले गर्दा मात्रै त्यति बेला भोको व्यक्ति रिसाएको हुन्न। व्यक्तिविशेषको भावनात्मक जागरुकताको स्तरले त्यो बेलाको रिसलाई निर्धारित गर्ने गर्छ। अर्कातिर, आफूलाई भोक लागेको छ कि छैन भनेर सोचिरहने व्यक्तिचाहिँ भोकै हुँदा पनि रिसाउने सम्भावना कम हुन्छ।

त्यसैले आवेगलाई शान्त पारेर संयमित हुने तरिकाहरू जान्नुपर्छ। 

१. एकदेखि सयसम्म गन्नुहोस्
यदि तपाईलाई रिस उठेको छ भने एक देखि सयसम्म गन्नुस्। रिसले चुर नै हुनुभएको छ भने एकदेखि एकसम्म गन्नुस्। ती गन्ती गन्दा बिस्तारै तपाईंको रिस पनि मर्दै जान्छ।

२. लामो श्वास फेर्नुहोस्
जब रिस उठ्छ छिटो छिटो श्वास बढ्न थाल्छ। रिस उठ्दा बिस्तारै नाकबाट लामो गहिरो श्वास लिने र छोड्ने गर्नुहोस्। रिस शान्त हुन्छ।

३. हिँड्ने बानी गर्नुहोस् 
व्यायामले नसाहरूलाई संयमित पार्नुका साथै रिसलाई पनि कम पर्छ। हिँड्ने बानी गर्नुहोस्, बाइक चलाउनुहोस् वा केही खेल खेल्नुहोस्।आफ्ना अंगहरूलाई सक्रिय बनाइराख्नुहोस्। त्यसले शरीर र दिमागलाई राम्रो गर्छ।

४. केही मनपरेको शब्द मन्त्रको रुपमा उच्चारण गर्नुहोस्
आफूले मन परेका शब्द वा वाक्य खोज्नुहोस् र त्यसमा एकाग्र हुने कोसिस गर्नुहोस्। त्यो शब्द मन्त्रको रुपमाबारम्बार दोहो¥याउनहोुस्। जस्तै म ठिक हुनेछु। सजिलै रुपमा लिऔं आदि। 

५. जिउ तन्काउनुहोस् 
रिस लागिरहेको छ भने घाँटी तथा जिउ तन्काउनुहोस्। कुनै योगको आसन गर्नसक्नुहुन्छ, जसले शरीर र भावनाहरूलाई नियन्त्रण गर्छ। यति गर्नलाई अरु केही सरसमानका जरुरत पर्दैनन्।

६. मानसिक उल्झनबाट बाहिर हुनुहोस्
चुपचाप शान्त कोठाभित्र बसेर आँखा बन्द गर्नुहोस् र आफूलाई एकदमै रिल्याक्स गरेको दृश्य कल्पिनुहोस्। जस्तैः कुनै रमाइलो हरियाली दृश्य सम्झिनुहोस्। जहाँ पोखरी छ, पोखरीको पानी कुन रंगको छ? चराचुरुंगीको आवाज कस्तो आइराखेको छ? यी इत्यादि दृश्यहरू आँखा बन्द गरेर महसुस गर्नुभयो भने रिस छिट्टै मर्छ। 

७. गीत सुन्नुहोस्
संगीत कसलाई मनपर्देन र? राम्रो गीत सुनियो भने मुड अन हुन्छ। रिस उठेको बेला आफूलाई मनपर्ने गीत सुन्नुस् र आफ्नो भावना बहलाउनुहोस्। इयरफोन लगाएर सुन्नुस् या कोठामा घन्काएर सुन्नुस्। मुड फ्रेस बनाउनहोुस् यसले तपाईंको चिन्ता रिस छिनभरमै हराउन मद्दत गर्छ।

८. चुप लागिदिनुस् 
तात्तातो रिसको बेला मान्छेले जथाभावी बोल्न थाल्छ यसले राम्रो होइन आफैलाई हानी पु¥याउँछ। रिस उठिराखेको बेला केही शब्द भन्न लागेपनि मान्नुस् की तपार्इंको ओठमा गम टाँसिएको छ,बोल्न सक्नुहुन्न। यसरी चुपचाप भएको बेला तपाईंले गलत या सही छुट्याउन समय पाउनुहुन्छ।

९. आफूलाई एक्लै छोडिदिनुहोस्
आफूलाई समय दिनुस्। अरुभन्दा अलग बस्नुहोस्। यतिबेला सम्म रिस शान्त भएर तपाई सामान्य अवस्थामा फर्किनसक्नुहुन्छ। यो तपार्इं दैनिक तालिकाको रुपमा लागू गर्नसक्नुहुन्छ।

१०. लेख्ने बानी गर्नुहोस्
जुन कुरा भन्न सकिँदैन त्यसलाई पक्कै पनि लेख्न सकिन्छ। रिस लागेको बेला के महसुस भइरहेको छ र कस्तो प्रतिक्रिया जनाउन मन लागेको छ मजाले लेख्नुहोस्। आफ्नो कुरा कापीमा लेख्दा मन शान्त हुन्छ।

११. साथीसँग मनको कुरा भन्नुहोस्
जुन कुराले रिस उठेको छ त्यही कुरामा नझुन्डिनराख्नुस्। आफ्नो विश्वासिलो र सहयोगी मित्रलाई आफ्नो कुरा सेयर गर्नुस् जसले गर्दा तपाईको असन्तुष्टिलाई नयाँ मोड दिन सक्छ।

१२. मज्जाले हाँस्नुहोस्
खराब मुड जस्तो नराम्रो त अरु के हुन सक्ला र। आफ्नो रिसलाई शान्त पार्न हसाउने र रमाइलो कुराको खोजीमा लाग्नुहोस्जस्तै बालबच्चासँग खेल्ने, मेमे, स्ट्याण्डअप कमेडी हेर्ने आदि।

१३. चिठी लेख्नुहोस्
तपाईंलाई जसले रिस उठाएको छ उसलाई चिठी या इमेल लेख्नुहोस्। र फेरि डिलिट गर्दिनुहोस्। आफ्नो मन लागेको कुरा ओकल्दा त्यो कसैले सुनोस् वा नपढोस् मन आनन्दित बनाउँछ। 

१४.सिर्जनात्मक कुरा अपनाउनुहोस्
तपाईंको रिसलाई सिर्जनात्मक कुरामा लगाउनुस्। मुड अफ भएको बेला जस्तै पेन्टिङ, गार्डेनमा समय बिताउनुहोस् या केही गीत, कविता कोर्नसक्नुहुन्छ। रिस उठेको बेला आफ्नो सिर्जनात्मक सीपलाई प्रयोग गर्नुहोस्।
 


 

More form the Internet

loading...