Suvadin, Home

Cover Image

नेपाल ल क्याम्पसमा तालाबन्दी  

नतिजा प्रकाशन गर्दा अपारदर्शी र नियम विपरीत भएको भन्दै तालाबन्दी गरीएको विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । विद्यार्थी संगठनले सो घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर नल्याएसम्म अनिश्चितकालिन तालाबन्दी गरिएको हो । 

काठमाडाै‌, साउन २८ - एलएलएम प्रवेश परीक्षाको नतिजामा अनियमितता भएको भन्दै संयुक्त विद्यार्थी संगठनले नेपाल ल क्याम्पसमा तालाबन्दी गरेका छन् । प्रवेश परीक्षको नतिजा एक पटक प्रकाशित गरिसकेपछि पुनः अर्को नतिजा सार्वजनिक गर्दा अनियमितता भएको विद्यार्थी संगठनको आरोप छ ।

नतिजा प्रकाशन गर्दा अपारदर्शी र नियम विपरीत भएको भन्दै तालाबन्दी गरीएको विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । विद्यार्थी संगठनले सो घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर नल्याएसम्म अनिश्चितकालिन तालाबन्दी गरिएको हो । 

क्याम्पसको डिन कार्यालय र परीक्षा शाखामा विद्यार्थीले तालाबन्दी गरेका छन्।


 

More form the Internet

loading...