Suvadin, Home

त्रिविमा उप प्राध्यापकको परीक्षा स्थगित

परीक्षाका लागि आवश्यक तयारी नपुगेकोले स्थगित गरिएको त्रिवि सेवा आयोगले बताएको छ।  परीक्षा यसअघि पनि स्थगित भएको थियो। विभिन्न विषयका ६ सय ७२ उपप्राध्यापक नियुक्तिका लागि परीक्षा हुन लागेको थियो। भदौ ४ गतेदेखि असोज १ गतेसम्मका लागि लिखित परीक्षा तोकिएको छ।

काठमाडौं, साउन २८ - त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गर्न लागेको उप प्राध्यापक पदको परीक्षा स्थगित भएको छ। परीक्षाका लागि आवश्यक तयारी नपुगेकोले स्थगित गरिएको त्रिवि सेवा आयोगले बताएको छ।  परीक्षा यसअघि पनि स्थगित भएको थियो। विभिन्न विषयका ६ सय ७२ उपप्राध्यापक नियुक्तिका लागि परीक्षा हुन लागेको थियो। 

भदौ ४ गतेदेखि असोज १ गतेसम्मका लागि लिखित परीक्षा तोकिएको छ। लामो समयसम्म पदाधिकारी रिक्त हुँदा उक्त परीक्षा अन्योलमा थियो। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गत साता मात्र अध्यक्ष र सदस्य नियुक्त गरेका थिए।  ढिलो पदाधिकारी नियुक्त गर्दा परीक्षाको तयारी प्रभावित भएको थियो। परीक्षाको अर्को मिति पछि तोकिने त्रिविले जनाएको छ।


 

More form the Internet

loading...