Suvadin, Home

Cover Image

उपत्यकामा पनि देखियो डेंगु

उनका अनुसार हाल उपत्यकाभित्रै बसोबास गर्ने तीनजनामा डेंगु संक्रमण देखिएको छ। उनले भने-‘छिमेकी जिल्लाबाट त बिरामी आइरहेका छन्, तर केही दिनअगाडि ओपिडीमा उपचारमा आउनु भएको उपत्यकाकै स्थानीय चार जनामा डेंगु देखिएको छ। अस्पतालको ओपिडीमा दैनिक दुई/चारजना डेंगु सक्रमणका बिरामी आउनले डा. पुनले बताए।

काठमाडौं, साउन २९ - देशका ४५ जिल्लामा डेंगुका धेरै बिरामी फेला परिरहेको अवस्थामा राजधानीमा समेत डेंगुका बिरामी फेला परेका छन्। केही दिनयता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका बिरामीको संख्या बढेको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनले बताए।

 उनका अनुसार हाल उपत्यकाभित्रै बसोबास गर्ने तीनजनामा डेंगु संक्रमण देखिएको छ। उनले भने-‘छिमेकी जिल्लाबाट त बिरामी आइरहेका छन्, तर केही दिनअगाडि ओपिडीमा उपचारमा आउनु भएको उपत्यकाकै स्थानीय चार जनामा डेंगु देखिएको छ।  अस्पतालको ओपिडीमा दैनिक दुई/चारजना डेंगु सक्रमणका बिरामी आउनले डा. पुनले बताए ।

यस्तै, अस्पतालका अर्का सरुवा रोग विशेषज्ञ तथा अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार हाल अस्पतालमा आठजना डेंगुका बिरामीलाई भर्ना नै गरेर उपचार भइरहेको छ।     


 

More form the Internet

loading...