निजामती कर्मचारी हिमाली तथा पहाडी जिल्लामा २ वर्ष बस्नैपर्ने

काठमाडाै, भदाै ३ - निजामती कर्मचारी दुर्गम हिमाली तथा पहाडी जिल्लामा कम्तीमा २ वर्ष बस्नैपर्ने भएको छ।
संसद्को राज्य व्यवस्था समितिको बैठकले सोसम्बन्धी व्यवस्था संघीय निजामती सेवा ऐनको मस्यौदमा राख्न प्रस्ताव गरेको छ। समितिको बैठकले ऐनको मस्यौदामा राखिएका धेरैजसो बुँदामा पुनर्लेखन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। पुनर्लेखन गर्नुपर्ने बुँदासमेत समितिले मन्त्रालयलाई पठाएको छ।
समितिका सदस्य दिलेन्द्र बडूले राज्य व्यवस्था समितिको बैठकले संघीय निजामती सेवा ऐनको मस्यौदाका धेरैजसो बुँदामा पुनर्लेखन गर्न संघीय मन्त्रालयलाई निर्देशन गरेको बताए ।
मन्त्रालयले पठाएको निर्देशलाई समेटी राज्य व्यवस्था समितिको बैठकमा पुन मस्यौदा ल्याउन समितिले मन्त्रालयलाई निर्देशन दिएको पनि उनले बताए।