Suvadin, Home

Cover Image

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

दक्षिण कोरियामा कोरोना संक्रमणको संख्या आठ हजार पाँच सय ६५ पुगेको छ । विगत २४ घण्टामा ७ जनाको भाइरस संक्रमणबाट मूत्यु भएको जनाइएको छ ।

एजेन्सी । दक्षिण कोरियामा कोरोना संक्रमणको संख्या आठ हजार पाँच सय ६५ पुगेको छ । विगत २४ घण्टामा ७ जनाको भाइरस संक्रमणबाट मूत्यु भएको जनाइएको छ ।

दक्षिण कोरियामा संक्रमणबाट मूत्यु हुनेको कुल संख्या ९१ पुगेको दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दक्षिण कारियोका चिकित्सका अनुसार विगत २४ घण्टामा संक्रमित मानिसमध्ये चार सय सात जना संक्रमण मुक्त भइ सकुसल घर फर्केका छन् भने संक्रमण मुक्त कुल संख्या एक हजार ९ सय ४७ पुगेको जनाइएको छ ।

ताजा रिपोर्ट अनुसार विश्वभरी दुई लाख भन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखा परेको तथ्यांक छ । भाइरस विश्वका एक सय ४० देशमा फैलिसकेको जनाइएको छ ।


 

More form the Internet

loading...