Suvadin, Home

यस्ता छन् खयरका फाइदाहरु

खयरलाई मर्केको ठाउँमा लगाएर एवं खुवाएर बिरामीलाई निको पारिन्छ। अहिले पनि गाउँघरमा खयरलाई उच्च प्राथमिकतामा राखेर हातगोडा ठोक्किएको, मर्किएको ठाउमा लगाएर पूर्ण रुपमा निको पारिन्छ। त्यस्तै चौपायाको खुट्टा भाचियो एवं मर्कियो भने पनि खयरको काठको काम्राले बाधिदिने र कत्था दलिदिने गरिन्छ। घाँउ, खटिरा, बाथ तथा मर्केको जोर्नीहरुमा खयर लगाउनाले त्यस्ता समस्याहरु निको हुन्छ ।

काठमाडौं,१४ फागुन -लडेर, ठोकिएर हातगोडा मर्कियो भने खयरलाई उच्च प्राथमिकतामा राखेर प्रयोग गरिन्छ । औषधी र मसला दुबै रुपमा प्रयोग हुने खयरले पेट सम्बन्धी समस्या समेत निको पार्छ। अधिकाशं क्षेत्रमा पाइने घरेलु औषधी खयरको व्यवसायीक खेती समेत गरिएको छ । आयूवेदमा यसको महत्व निकै हुनेहुदा खयरको काठलाई पानीमा लामो समय पकाएर त्यसबाट बनाइने कत्था (झोल) खाएर अथवा लगाएर बिरामीको उपचार गरिन्छ। 

यसका फाइदाहरु

मर्के, ठोक्किएको निको पार्छ

खयरलाई मर्केको ठाउँमा लगाएर एवं खुवाएर बिरामीलाई निको पारिन्छ। अहिले पनि गाउँघरमा खयरलाई उच्च प्राथमिकतामा राखेर हातगोडा ठोक्किएको, मर्किएको ठाउमा लगाएर पूर्ण रुपमा निको पारिन्छ। त्यस्तै चौपायाको खुट्टा भाचियो एवं मर्कियो भने पनि खयरको काठको काम्राले बाधिदिने र कत्था दलिदिने गरिन्छ। घाँउ, खटिरा, बाथ तथा मर्केको जोर्नीहरुमा खयर लगाउनाले त्यस्ता समस्याहरु निको हुन्छ ।

पाचन शक्ति बचाउछ

खाना नपच्ने समस्या भएकाहरुको लागि खयर लाभदायक हो। खयरको काठलाई पानीमा उमालेर बनाइएको कत्थालाई चियाको रुपमा बिहान बेलुका सेवन गर्नाले खाना नपच्ने जस्ता समस्या सधैका लागि हट्छ। त्यस्तै झाडा, जुका एवं पेट फुल्ने जस्ता समस्या हुँदा पनि खयरको चिया केही दिनसम्म नियमित खाएमा पूर्ण रुपमा ठिक हुन्छ।

खोकी निको पार्छ

यदि सुख्खा खोकी निरन्तर लागिरहेको छ भने पनि खयरको कत्था सेवन गर्न सकिन्छ। तातोपानीमा खयरको झोल र बेसार मिलाएर खाने गरेमा केही दिनमै सुख्खा खोकी निको हुन्छ।

कान पाकेमा, दाँत कीराले खाएमा

फोहोर पानीमा पौडी खेल्ने बच्चाहरुमा काम पाक्ने समस्या दोहोरिरहन्छ। अथवा अन्य कारणले पनि कान पाकेको छ भने पाकेको कानलाई सफा गरेर खयरको धुलो थोरै मात्रामा कानमा हाल्दा पिप बग्न रोकिन्छ र कान पाक्ने समस्या समाधान हुन्छ। दाँत दुख्ने समस्या भएकाहरुको लागि पनि खयर लाभदायक औषधी हो। खयर, र कपुरको धुलो बराबर मिलाएर नियमित दात माज्ने गरेमा दाँतमा कीराले खाने समस्या समाधान हुन्छ। खयरको प्रयोगले गिजापाक्ने जस्ता समस्या पनि ठिक हुन्छ।


 

More form the Internet

loading...