Suvadin, Home

डाक्टरको आन्दोलनका कारण बिरामी मर्कामा 

काठमाडौंको वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन्। उपत्यका बाहिरका अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा ठप्प छन्।

काठमाडौं,१५ फागुन-सरकारी अस्पतालमा कार्यरत देशभरका डाक्टरहरुले  आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेपछि बिरामी मर्कामा परेका छन्।  

काठमाडौंको वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन्। उपत्यका बाहिरका अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा ठप्प छन्।

कर्मचारी समायोजन विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन्। यसअघि उनीहरुले धर्ना, र्‍यालीलगायतका कार्यक्रम गर्दै आएका थिए। सबै सरकारी डाक्टरहरुलाई संघ मातहत राख्नुपर्ने माग उनीहरुको रहेको छ।

सरकारी चिकित्सक संघको यो आन्दोलनलाई नेपाल मेडिकल एसोसियसनले समेत समर्थन जनाएको छ। सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् र महंगो शुल्कको मारमा परेका छन् ।


 

More form the Internet

loading...