Suvadin, Home

फ्याक्ट्स वर्ष पुस्तककोतेस्रो संस्करणको बिमोचन
फ्याक्ट्स अफ नेपाल-२०१७ सार्वजनिक

तीन सय रूपैयाँ राखिएको यो पुस्तक देशको प्रमुख पुस्तक पसलहरूमा पाइने बताइएको छ। इ-बुक वि-रिडको मोबाइल एप्लिकेशनबाट डाउनलोड गरेर पनि पढ्न सकिने छ। 

काठमाडाैं, चैत २- फ्याक्ट्स् अफ नेपालको ‘फ्याक्ट्स वर्ष पुस्तक’लाई नयाँ संस्करण २०१७ मा प्रकाशित भएको छ। २०१७ का अघिल्लो संस्करणजस्तै यसपटक पनि जानकारीमुलक ढंगले पुस्तक प्रकाशित गरिएको हो।

सरल र जानकारीमुलक ढङ्गबाट प्रस्तुत गरिएको यस प्रकाशनमा कृषि, अर्थतन्त्र, राजनीतिलगायत कुल १९ खण्डहरू समेटिएका छन्। यस प्रकाशनले बितेको वर्षमा नेपालको प्रमुख क्षेत्रहरूको क्षेत्रगत अवस्था र अन्तर्राष्ट्रिय मामिलाको विश्लेषणात्मक चित्रण गर्ने प्रयास गरेको छ। यो पुस्तकको तेस्रो संस्करण हो र विगत दुई वर्षदेखि संस्करणमा निरन्तर आइरहेको छ।

पुस्तक कर्पोरेट, सामाजिक, देशको विकास र राजनीतिबीच लोकप्रिय भएको फ्याक्ट्सले जनाएको छ। तीन सय रूपैयाँ राखिएको यो पुस्तक देशको प्रमुख पुस्तक पसलहरूमा पाइने बताइएको छ। इ-बुक वि-रिडको मोबाइल एप्लिकेशनबाट डाउनलोड गरेर पनि पढ्न सकिने छ। 

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत् अामजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामुलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ। 


 

More form the Internet

loading...