Suvadin, Home

२७ हजार अस्थायी शिक्षकलाई अवकास दिन १० अर्ब माग

शिक्षा तथा मानव स्रोत केन्द्रले अवकास पाउने शिक्षकको संख्यसहित बजेट माग गरेको थियो। तथ्याङकअनुसार सबैभन्दा बढी प्राथमिक तहका शिक्षकले सुविधासहित अवकास पाउने भएका छन्। प्राथमिक तहका २० हजार ४ सय ७५ शिक्षकले अवकास पाउने भएका हुन्।

काठमाडौं,२१ फागुन-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकलाई अवकास दिन करिब १० अर्ब रुपैयाँ माग गरेको छ। शिक्षक सेवा आयोगको परीक्षामा एकपटक अवसर दिएका तीन तहका शिक्षकमध्ये अनुतीर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो।

 शिक्षा, तथा मानव स्रोत केन्द्रले अवकास पाउने शिक्षकको संख्यसहित बजेट माग गरेको थियो। तथ्याङकअनुसार सबैभन्दा बढी प्राथमिक तहका शिक्षकले सुविधासहित अवकास पाउने भएका छन्। प्राथमिक तहका २० हजार ४ सय ७५ शिक्षकले अवकास पाउने भएका हुन्।

भाषाा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकलाई अवकास दिन करिब १० अर्ब रुपैयाँ माग गरेको छ। शिक्षक सेवा आयोगको परीक्षामा एकपटक अवसर दिएका तीन तहका शिक्षकमध्ये अनुतीर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो।

केन्द्रले सुविधाका लागि र शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका शिक्षकको तथ्याङक संकलन गरेको छ। प्राथमिक तहमा सुविधाका लागि आवेदन दिने शिक्षकको संख्या ८ हजार ६ सय ४० रहेका छन्। आयोगको परीक्षामा असफल हुनेको संख्या ११ हजार ८ सय ३५ छ।

मावि तहमा सुविधाको लागि निवेदन दिने शिक्षकको संख्या १ हजार २ सय ५९ र परीक्षामा असफल हुने अस्थायी शिक्षकको संख्या १ हजार ९ सय ६० गरी ३ हजार २ सय १९ मावि शिक्षकले सुविधासहित बिदा पाउने भएका छन्।

निमावि तहमा सुविधाको लागि आवेदन दिने शिक्षकको संख्या १ हजार ६ सय ६५ रहेका छन्। निवाविमा आयोगको परीक्षामा असफल हुने शिक्षकको संख्या २ हजार ३ सय ९२ रहेको छ। निमावि तहमा ४ हजार ५७ जना शिक्षकले अवकासको सुविधा पाउने भएका छन्।

केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरेको तथ्याङ्कअनुसार मावि तहका सबै शिक्षकलाई अवकास दिन १ अर्ब ३९ करोड, निमावि तहका लागि १ अर्ब ४४ करोड र प्रावि तहका लागि ६ अर्ब ७२ करोड रुपैयाँ लाग्ने उल्लेख गरेको छ। समाचार नेपालसमाचारपत्र दैनिकमा छ।


 

More form the Internet

loading...