Suvadin, Home

परीक्षामा कसले दियो गेस पेपर सार्ने छुट ?

काठमाडौं, चैत १२ - गोरखामा दुईजनाले प्रहरी कार्यालय भित्रबाटै एसईई परीक्षा दिएका छन् । गोरखा नगरपालिका ६ महेन्द्र ज्योतिमा अध्ययन गर्ने गोरखा नगरपालिका ५ का डम्बरबहादुर गुरुङ र गोरखा नगरपालिका ६ पोखराथोकका सुरेश सिर्मलले दुईदिनको परीक्षा प्रहरी कार्यालयबाटै दिएको डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

सिर्मल जबर्जस्ती करणीको मुद्दामा गत माघ महिनादेखि पुर्पक्षका लागि थुनामा छन् । गुरुङ भने फागु पुर्णिमामा ढुङ्गामुढा गरेको अभियोगमा सार्वजनिक हित विरुद्धको मुद्धामा हिरासतमा रहेको डिएसपी नेपालले जानकारी दिए । 

प्रहरी कार्यालयमै परीक्षा दिँँदा गेस पेपर सारेको विषय आफूलाई जानकारी नभएको डीएसपी नेपालले बताए ।

गेस पेपर सारेको प्रमाण देखाएपछि भने उनले कारबाही हुने बताए ।  ‘हामीले विश्वास गरेर जिम्मेवारी तोकेका हुन्छौँ । उनीहरुले यस्तो गर्लान् भन्ने अनुमान पनि गरेका थिएनौँ’, डिएसपी नेपालले भने, ‘अब कारबाही हुन्छ ।’

 

 


 

More form the Internet

loading...