Suvadin, Home

Cover Image

एसइईको सम्पूर्ण प्रश्नपत्र रुजु गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं, चैत १५ - शिक्षा मन्त्रालयले एसइई परीक्षाको सम्पूर्ण प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ । प्रश्नपत्रहरु बाहिरिन थालेपछि मन्त्रालयले शुक्रबार परीक्षा केन्द्रहरुमा प्रश्नपत्रको पोका रुजु गराउन निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको उच्चस्तरीय सुरक्षा समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको शिक्षासचिव खगराज बरालले जानकारी दिए ।

शिक्षासचिव बरालले एसइई परीक्षा प्रणाली नै ‘फेल’ गराउन सांगठनिकरुपमा अपराध हुन थालेको टिप्पणी गरे । प्रश्नपत्र रुजु गरेको तथ्यांक आज दिनभरिमा निकाली शुक्रबारै साँझ ६ बजे फेरि बैठक बस्ने मन्त्रालयले जनाएको छ ।


 

More form the Internet

loading...