Suvadin, Home

Cover Image

भरतपुरमा एकै परिवारका ३ जनाले गरे आत्महत्या

चितवन,चैत्र २२ - भरतपुरमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका-१८ स्थित शशिनगरमा आमा, छोरा र छोरीले पासो लगाएर आत्महत्या गरेका हुन् ।

जस्तापाता अड्याएको फलाम डण्डीमा ३५ वर्षकी आमा माया आलेमगर, १५ वर्षकी छोरी विनिता आले र १३ वर्षका छोरा विवेश आलेले पासो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले बताए । 

उनीहरुले राति करिब १ बजेको समयमा आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ। प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अध्ययन गरिसकेको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

मिलन चोकमा चिया पसल गर्ने मायाले पसल नखोलेपछि दुध विक्रि गर्नेले सोधखोज गरेर स्थानीय र प्रहरीलाई खबर गरेका थिए । मृतक मायाका श्रीमान नरबहादुर आले मगर नेपाली सेनामा कार्यरत छन्। उनीहरु करिब आठ वर्षअघि तनँहुको घुमाउनेबाट बसाई सरी चितवन आएका थिए । 


 

More form the Internet

loading...