Suvadin, Home

Cover Image

यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ शिविर सम्पन्न

Author's Commentary

शिविरबाट धुनिवेशी नगरपालिकाअन्तर्गत विभिन्न ठाउँबाट लगभग ५ सय ५० भन्दा बढि नागरिक यो लाभान्वित भएका छन ।  शिविरमा मुख्यरुपमा आँखा, छाला तथा चर्मरोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो ।

Sb Saud |

काठमाडाैं, चैत्र २४ - यूनाइटेड सिमेन्ट्स र धादिङ धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ शिविर आईतबार सम्पन्न भएकाे छ ।  के.एल. दुगड ग्रुपअन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि. र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एक दिने निःशुल्क स्वास्थ शिविर टायल घर स्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा सम्पन्न भएको हाे।

शिविरबाट धुनिवेशी नगरपालिकाअन्तर्गत विभिन्न ठाउँबाट लगभग ५ सय ५० भन्दा बढि नागरिक यो लाभान्वित भएका छन ।  शिविरमा मुख्यरुपमा आँखा, छाला तथा चर्मरोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो ।

शिविरमा धुनिवेशी नगरपालिका, धादिङका नगर प्रमुख बालकृष्ण आचार्य तथा उपप्रमुख निरु खरेल लगायत वडा नं. ९ को अध्यक्ष साइला राई तथा विभिन्न राजनितिक पार्टीका प्रतिनीधिका साथै प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।

नगर स्वास्थ प्रमुख शिवहरि भट्टलगायत विभिन्न स्वास्थ संस्थाबाट १५ जनाभन्दा बढि स्वास्थ्यकर्मी उपस्थिति रहेको सो शिविरमा उल्लेख्य रुपमा बिरामीहरुको उपस्थिति रहेको र सेवा पाउँदा    नगरवासी धेरै नै हर्षित भएको वडा अध्यक्ष राईले जानकारी गराए ।

स्वास्थ सेवा तथा समयमै उपचार प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार हो  र स्वास्थ उपचारबाट कोही  नागरिक बञ्चित हुन नपरोस भन्ने धेयकासाथ कार्यक्रम आयोजना गरेको यूनाइटेड सिमेन्ट्सले जनाएको छ । यूनाइटेड सिमेन्ट्सले यस्ता सामाजिक कार्य विगतमा पनि गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका विनोद कुमार न्यौपानेले बताए ।

 

 

 

 


 

More form the Internet

loading...