Suvadin, Home

Cover Image

रिपोर्ट लुकाउँदा देशभर बर्डफ्लु फैलिएको आशंका

हेटौंडा,चैत्र २३ - हेटौंडाका किसालने पालेको कुखुरामा बर्डफ्लु भएको तथ्य लुकाउँदा अन्यत्र पनि बर्डफ्लु फैलिएको आशंका गरिएको छ । गत फागुन पहिलो साताबाट हेटौंडा ६ र ७ नम्बर वडाका किसानले पालेको कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्राविधिकले परीक्षण गर्दा गम्भीर प्रकृतिको संक्रमण देखिएको थियो। 

लगत्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा नमूना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो । फागुन २८ गते मात्र प्रयोगशालाले बर्डफ्लु पुष्टि गर्दै पठाएको पत्र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले फागुन ३० गते सार्वजनिक गर्‍यो ।

लगत्तै जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको चार किल्ला तोकेर कुखुरा बिक्री वितरणमा रोक लगाई रोगी कुखुरा नष्ट गर्ने अभियान चलाएको थियो । चैत्र तीन गते आधा दजर्न खोरमा पालिएका कुखुराको नमुना पठाउँदा चैत्र पाँच गते नै बर्डफ्लु पुष्टि भएपछि दुई सातासम्म प्रतिवेदन लुकाएको भन्दै जिल्ला प्रशासन कार्यालयले सोधिखोजी सुरु गरेको हो । 

त्यसयता हालसम्म एक दर्जन बढी किसानले पालेको कुखुराको नमूना पठाउँदा प्रयोगशालाले बर्डफ्लु पुष्टि गर्दै प्रतिवेदन दिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए  ।

'प्रयोगशालाबाट रिपोर्ट ढिला आउँदा बर्डफ्लु प्रभावित क्षेत्रका बिक्री गर्न योग्य कुखुरा विभिन्न ठाउँमा पुगे, तामाङले भने, 'त्यसपछि काठमाडौं, भक्तपुर, चितवनलगायतका ठाउँमा पनि बर्डफ्लु देखिन थाल्यो।' भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडासँग रिपोर्ट ढिला आउनबारे जानकारी लिन पत्र काटिएको र जवाफ आइनसकेको उनले बताए । 


 

More form the Internet

loading...