Suvadin, Home

सरकारी चिकित्सकको आन्दोलन दुई हप्ताका लागि स्थगित

Author's Commentary

पेशागत धर्म र बिरामीलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै तत्कालका लागि आन्दोलनको स्वरुपमा परिवर्तन गरिएको सरकारी चिकित्सक संघले जनाएको छ ।

Sb Saud |

काठमाडौं, वैशाख १ - समायोजनप्रति असन्तुष्टि जनाउँदै सेवा बहिष्कार गर्दै आएका सरकारी चिकित्सकहरुले दुई हप्ताका लागि आन्दोलन स्थगित गरेका छन् । पेशागत धर्म र बिरामीलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै तत्कालका लागि आन्दोलनको स्वरुपमा परिवर्तन गरिएको सरकारी चिकित्सक संघले जनाएको छ ।

सरकारी चिकित्सक संघका अध्यक्ष दिपेन्द्र पाण्डेले आफुहरुले तत्कालका लागि आन्दोलन स्थगित गरे पनि सोमबारदेखि कालो पट्टि बाँधेर बिरामीको उपचार गर्ने निर्णय गरेको बताए ।

शनिबार भएको वार्तामा सरकारले कानुनी प्रावधान मिलाएर माग पूरा गर्न समय मागेपछि चिकित्सकहरु आन्दोलन स्थगित गर्न सहमत भएका हुन् । दुई हप्ताभित्र पनि माग सम्बोधन नभएमा कडा आन्दोलनमा उत्रने अध्यक्ष पाण्डेले चेतावनी दिए । विगत १० दिनदेखि सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए ।

 


 

More form the Internet

loading...