Suvadin, Home

Cover Image

कक्षा ११ र १२ मा विद्यार्थी घटे

काठमाडौं,बैशाख ४ - कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थी गत वर्षको तुलनामा यो वर्ष ११ हजार वढीले घटेका छन् । आगामी १५ गते देखी सुरु हुने कक्षा १२ को परीक्षामा गत वर्षको तुलनामा ११ हजार ४ सय ६२ जनाले कमी आएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यो वर्ष ४ लाख २७ हजार २१ सय ८१ जना कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन् । गत वर्ष सो संख्या ४ लाख १५ हजार ८ सय १९ थियो । परीक्षार्थीको संख्या थोरै भएपनि यो वर्ष ५८ वटा परीक्षा केन्द्र थप गरेर एक हजार एक सय ७ वटा पुर्‍याइएको छ ।

त्यस्तै, २९ गते सुरु हुने कक्षा ११ को परीक्षामा समेत परीक्षार्थीको संख्या करिव ४० हजारले घटेको छ । गत वर्ष ५ लाख ४९ हजार ३ सय १८ परीक्षार्थी रहेकामा यो वर्ष ५ लाख ८ हजार ६ सय ५५ जना रहेका छन् ।

परीक्षाका लागि सबै केन्द्रमा उत्तरपुस्तिका पुर्‍याइसकिएको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जनाए । काठमाडौं उपत्यका लगायतका प्रदेश ३ का केही स्थान बाहेक सबै केन्द्रका लागि प्रश्नपत्र समेत पठाइसकिएको परीक्षा नियन्त्रक शर्माले बताए ।

गत चैतमा भएको एसईइ परीक्षाका क्रममा प्रदेश २मा प्रश्नपत्र बाहिरिएको घटना प्रति सतर्क रहँदै त्यस्तै प्रकृतिको घटना दोहोरिन नदिन सावधानी अपनाइएको शर्माको भनाई छ । बोर्डले सबै ७ वटा प्रदेशका एकर एक वटा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र त्यसका अन्य ५ वटा शाखा कार्यालयबाट परीक्षाको व्यवस्थापन गरेको छ । यो वर्ष पनि केन्द्रीय स्तरमा परीक्षा लिने भएको छ ।  

 

 


 

More form the Internet

loading...