Suvadin, Home

अभिभावक सचेत भए मात्रै बालबालिका विद्यालयसम्म आउने: प्रधानमन्त्री

काठमाडौं, बैशाख ४ - प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई विद्यालयमा अनिवार्य भर्नाका लागि अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।  

विद्यालय भर्ना अभियान सन्दर्भमा बालुवाटारमा आज नेकपा निकट यूवा र विद्यार्थीर्संग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले अभिभावक सचेत नभई निरक्षता उन्मूलन नहुने भन्दै अभिभावक सचेत भए मात्रै बालबालिका विद्यालयसम्म आउने बताए । 

अभियानलाई घर-घरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवालाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले मुलुकलाई निरक्षरको नभई विद्वानहरुको देश बनाउनुपर्ने उल्लेख गरे  । उनले भने , “हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ । 

विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन र रहनु पनि हुन्न” । प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीले अब सृजनशिल र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको समेत उल्लेख गरे । 

 

 


 

More form the Internet

loading...