Suvadin, Home

तातोपानी नाका खुल्ने मिति धकेलियो, नेपालतर्फ ६० प्रतिशत काम बाँकी

यसअघि मे १ मा खुल्ने भनी लक्ष्य राखिएको तर असफल भएको तर्फ प्रश्न गर्दा उनले भनिन्, 'मे १ मा खोल्ने भनिएको हो। सडकको काम सम्पन्न नभएकाले ढिला हुन पुग्यो।' ‘यो दुई देश जोड्ने ठुलो नाका हो, सडकहरु पूरा नभई खोल्दा समस्या हुन्छ,’ उनले भनिन्, ‘त्यसैले पूर्ण रूपमा तयार भएपछि खोल्छौं।’ 

काठमाडौं, बैशाख १८ - २०७२ बैसाख १२ को विनाशकारी भूकम्पले ठुलो जनधनको क्षति गर्‍यो। सञ्चालनमा आएका उत्तरतर्फका नाका बन्द भए। भूकम्पले तातोपानी नाका पनि बन्द भयो। चीनसँग जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका ४ वर्षदेखि ठप्प छ।

मे १ मा सञ्चालन गर्ने भनिएको राजधानी काठमाडौंबाट सबैभन्दा छोटो दुरीमा पर्ने तातोपानी नाका खुल्ने मिति अन्ततः दुई महिना पर धकेलिएको छ। हालसम्म चीनतर्फको ९५ प्रतिशतभन्दा बढी काम सकिए पनि नेपाल तर्फको ४० प्रतिशतको हाराहारीमा मात्र काम सम्पन्न भएको छ।  नाका खुलाउन नेपाल र चीन पक्षबाट सडकलगायत अन्य संरचना निर्माण गर्ने सहमति भएको थियो।
दुवै सरकारबीचमा विश्व मजदुर दिवस अर्थात् मे १ को दिनमा नाका खोल्ने सहमति रहेको थियो। तीव्र रुपमा चीनले उक्त मितिमा काम सक्न काम गरे पनि सम्पन्न हुन सकेन। नेपालको जिम्मेवारीमा रहेको अधिकांश सडक निर्माण थालनीको चरणमा मात्र रहेको छ।

चीनले आफ्नो जिम्मेवारीमा परेको सडक सम्पन्न गरेर मे २८ सम्म हस्तान्तरण गर्ने र त्यसको एक महिनापछि मात्र सुचारु हुन सक्ने सिन्धुपाल्चोक जिल्लाकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्। 

‘चिनियाँ पक्षले तीव्र गतिमा काम गरिरहेको छ, नेपालले पनि आफ्नो जिम्मेवारीमा रहेको सडक निर्माणको गति वृद्धि गरेको छ,’ उनले भनिन्, ‘अबको दुई महिनाका यो नाका सुचारु हुन्छ।’ 

यसअघि मे १ मा खुल्ने भनी लक्ष्य राखिएको तर असफल भएको तर्फ प्रश्न गर्दा उनले भनिन्, 'मे १ मा खोल्ने भनिएको हो। सडकको काम सम्पन्न नभएकाले ढिला हुन पुग्यो।' ‘यो दुई देश जोड्ने ठुलो नाका हो, सडकहरु पूरा नभई खोल्दा समस्या हुन्छ,’ उनले भनिन्, ‘त्यसैले पूर्ण रूपमा तयार भएपछि खोल्छौं।’ 

चिनियाँ पक्षले आफ्नो तर्फको करिब ९५ प्रतिशत काम सम्पन्न गर्न लागेको छ। नेपालको जिम्मेवारीमा परेका सडकमा प्रारम्भिक चरणकै काम चल्दै छ। तर दुई महिनापछि नाका खुल्दा नेपालले बनाउने जिम्मेवारी पाएको सडक तयार हुने दाबी सिडिओ चेम्जोङले गरेकी छन्। 

 

 

 


 

More form the Internet

loading...