Suvadin, Home

नेपालमा बर्ड फ्लु किन ब्युँतिरहन्छ ? यस्ता छन् कारण

नेपाल भेटनरी काउन्सिलका सदस्य डा. शिशिर भण्डारी भन्छन् - हुन त नेपालमा बसाइँसराइ गर्ने चराहरूबाट बर्ड फ्लुको भाइरस सरेको कुनै औपचारिक तथ्याङ्क छैन, तर प्रभावित क्षेत्रबाट बसाइँसराइ गरी आउने चराबाट यो रोग सजिलै सर्न सक्छ। तर प्रश्न उठ्छ - सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्ने पटकपटक प्रयास भइरहँदा पनि किन बर्ड फ्लुको भाइरस ब्युँतिरहन्छ ?

काठमाडाैं, बैशाख २० - नेपालमा पछिल्लो समय बर्ड फ्लुको सङ्क्रमण देखिएको छ। सङ्क्रमणबाट एक जनाकाे मृत्यु समेत भएकाे छ ।  व्यावसायिक रूपमा पालन गरिने कुखुरा र हाँस लगायतबाट मात्रै नभई रैथाने एवम् बसाइँसराइ गर्ने चराहरूबाट पनि बर्ड फ्लुको भाइरस सर्ने गरेको चिकित्सकहरू बताउँछन्।

नेपाल भेटनरी काउन्सिलका सदस्य डा. शिशिर भण्डारी भन्छन् - हुन त नेपालमा बसाइँसराइ गर्ने चराहरूबाट बर्ड फ्लुको भाइरस सरेको कुनै औपचारिक तथ्याङ्क छैन, तर प्रभावित क्षेत्रबाट बसाइँसराइ गरी आउने चराबाट यो रोग सजिलै सर्न सक्छ। तर प्रश्न उठ्छ - सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्ने पटकपटक प्रयास भइरहँदा पनि किन बर्ड फ्लुको भाइरस ब्युँतिरहन्छ ?

डा. शिशिर भण्डारी भन्छन्, - आनुवंशिक गुण फेर्न सक्ने सो भाइरसको विशेषता नै त्यसको अस्तित्वको निरन्तरताको प्रमुख कारण हो। सरल भाषामा भन्नुपर्दा बर्ड फ्लुको भाइरसले आफूले मार हान्ने पशुपक्षीको शरीर अनुकूल आफूमा क्षमताको विकास गर्न सक्छ। नेपालमा बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि केन्द्रीय र क्षेत्रीय नियन्त्रण समन्वय समिति रहेका छन्।

पशुसेवा विभागका महानिर्देशक अध्यक्ष रहने केन्द्रीय समन्वय समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय पशु विज्ञान अनुसन्धानका प्रमुख लगायत सदस्य हुन्छन्।

कुनै ठाउँमा बर्ड फ्लूको शङ्का लागेमा जिल्ला पशु सेवा कार्यालयले प्रारम्भिक अनुसन्धान प्रतिवेदनसहित नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउँछ। नमुनाको प्रारम्भिक परीक्षणबाट बर्ड फ्लु भएको देखिएमा उसले थप परीक्षण गरी त्यसको जानकारी पशुसेवा विभाग र पशु स्वास्थ्य निर्देशनालयलाई गराउँछ।

विभागकी उपमहानिर्देशक डा। काफ्लेका अनुसार नमुनाको थप परीक्षणबाट बर्ड फ्लु लागेको सम्भावनालाई अझ पुष्टि गर्ने प्रतिवेदन प्राप्त भएमा नमुना लिइएको ठाउँलाई केन्द्रविन्दु मानी तीन किलोमिटरसम्मको परिधिभित्रको क्षेत्रलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सम्भावित सङ्कटग्रस्त क्षेत्र घोषणा गर्छ।

 

चिकित्सकहरूका अनुसार बर्ड फ्लुबाट जोगिन निम्न कुरामा मानिसहरूले ध्यान दिनैपर्छः

पोल्टी फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ ।
खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउनुपर्छ ।
काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेर मात्रै जानुपर्छ ।  
चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्नुपर्छ । 
व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्नु हुँदैन । 
बर्ड फ्लू नदेखिएका ठाउँबाट मात्रै पशुपक्षी तथा तिनका उत्पादन आयात गर्नुपर्छ । 
फर्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्नुपर्छ ।
मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिनुपर्छ, राम्रोसँग तिनको व्यवस्थापन गर्नुपर्छ ।
फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
सङ्क्रमित कुखुराको मासु बजारमा आउन नदिनेतर्फ ध्यान दिनुपर्छ v
काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ ।
कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन ।
माथि उल्लिखित कुराहरूमा ध्यान दिन सक्ने बर्ड फ्लुको सङ्क्रमणबाट जोगिन सक्ने चिकित्सकहरू बताउँछन्।


 

More form the Internet

loading...