Suvadin, Home
यौन एक मनोवैज्ञानिक विषय हो । हामीले हाम्रो सोचलाई परिवर्तन गरी यौन इच्छा बढाउन वा घटाउन सकिन्छ । यौन अत्यन्त गोप्य राख्दा अनेकौं मनोवैज्ञानिक समस्या आउन सक्छ । यसर्थ आवस्यक ठाँउमा कुरा मिल्नेहरु संग यस विषयमा कुराकानी गर्नु राम्रो मानिन्छ ।

काठमाडौं, बैशाख २७ - हाम्रो समाजका महिलामा १२–१३ वर्ष र पुरुषमा १४–१५ वर्षदेखि यौन अंगको विकास सुरु भएको पाइन्छ । यसको विकास संगै यौनप्रतिको उत्सुकता बढेर जान थाल्छ । कतिले सामाजिक रुपमा त कतिले अध्ययनका रुपमा यौनका विषयमा जानकारी हुँदै जान्छ । तर यौनका विषयमा आवस्यक छलफल र परामर्श हुनु अति नै आवस्यक ठानिन्छ ।

मानव यौन क्रियाकलापका सम्पूर्ण चरणहरू, यौन संवेदनशील अङ्गहरू, पाक्क्रीडाको जानकारीको अभावमा तथा यसलाई यथेष्ट समय तथा इच्छा दिई यौनसम्पर्क नगरिँदा तालमेलको अभावमा यौन सन्तुष्टि प्राप्त गर्न नसकेको हुन सक्छ ।

यसैगरी विभिन्न आसनको प्रयोगको अज्ञानता, योनिमार्ग तथा पुरुष लिङ्ग चिप्लो बनाउने विधिको जानकारीको अभावमा यौनकर्म कष्टप्रद हुन सक्छ । यौन सुख प्राप्त हुन दुबैको उत्तिकै लगाव र इच्छाशक्ति हुनु आवस्यक छ ।

यौन एक मनोवैज्ञानिक विषय हो । हामीले हाम्रो सोचलाई परिवर्तन गरी यौन इच्छा बढाउन वा घटाउन सकिन्छ । यौन अत्यन्त गोप्य राख्दा अनेकौं मनोवैज्ञानिक समस्या आउन सक्छ । यसर्थ आवस्यक ठाँउमा कुरा मिल्नेहरु संग यस विषयमा कुराकानी गर्नु राम्रो मानिन्छ । कुरा सेयर नगर्ने खालका बानीव्यवहार पुरुष र महिला दुवैमा पाइन्छ । 

केही पूरुषहरु आफ्ना साथीहरुसंग यौनका विषयमा खुलेर कुरा गर्न सक्छन् भने महिलाहरुमा यो अनुपात एकदमै कम हुन्छ । कति नेपाली महिलाहरुलाई त यौन अंग र यसका कामबारे धेरै जानकारी पनि नहुन सक्छ ।

प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार मानिसको हरेक गतिविधि यौनबाट सञ्चालित हुन्छ । सामान्यतया मन आनन्द हुदाँ मानिसमा यौन चाहना बढ्ने र मनमा तनाव हुँदा यौन चाहना घट्ने हुनु स्वभाविक नै हो । यसर्थ यौनबारे सम्झना गरिरहँदा अर्थात यौनका परिकल्पनाहरुमा मनको तनाव घट्छ ।

महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन भइरहन्छ तर पुरुषमा त्यस्तो हुँदैन । जति बेला पनि चाहना बढ्ने वा घट्ने हुन सक्छ । त्यसैले पूरुषहरु हरेक पल कामुक भईरहन्छन् पनि भनिन्छ ।

तर दुबैको इच्छालाई मध्यनजर गर्दै यौन सम्पर्क गरे यौन जीवन सुखमय रहन्छ । सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ ।

मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले अनुहार लगायतका अंगका चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।

जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । यस्ता अवस्थामा दुवैलाई चरम आनन्दको अनुभूति हुन सक्छ ।


 

More form the Internet

loading...