Suvadin, Home
Nepal Telecom 1.213M

भ्रष्टाचार र अनियमितता विराेधी अभियन्ता
केदारभक्त माथेमाः जसले गिरिजाबाबुलार्इ सिधैं भने, 'त्रिवि जान्छु, तर कसैकाे झण्डा लिएर जाँदिन'

आशा अझै बाँकी छ। नेपाली सुन्दर र समृद्ध राष्ट्र बन्ने छ। किनभने सुधारका प्रयासमा सधैं अग्रपङ्तिमा रहेर राष्ट्र र जनताको हितमा काम गर्ने केदारभक्त माथेमाहरु यो मुलुकका लागि ‘चाँदीको घेरा’ हुन्।
त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा पूर्वराजदूत केदारभक्त माथेमा।

काठमाडौं असोज २ – भनिन्छ, कालो बादलको किनारामा चाँदीको घेरा हुन्छ। हो, नेपाली राजनीतिको चक्रब्यूहलाई नियाल्दा अहिले त्यस्तै बादल देखिन्छ। तर, संक्रमणकालीन राजनीति, भ्रष्टाचार र अनियमिततामा अव्यस्त राजनीतिक दलका नेता र राष्ट्रसेवक भनिएका कर्मचारीका कारण मुलुक अस्तव्यस्त छ। उनीहरुको लुटतन्त्र रोकिने छाँट छैन।

कहिलेकाही प्रा.डा. गोविन्द केसी आमरण अनशनमा बस्छन्। केही दिन जनताले सुशासनको अनुभूति गर्छन्। केसीको सत्याग्रह समापनसँगै जनताले निराश हुनुपर्ने दिन फर्किहाल्छ।

अनि नागरिक समाजका केही अगुवाले आन्दोलनको चेतावनी दिन्छन्। सत्तामा आसिन ‘निरो’हरु केही समय आफ्नो लुटको धन्दा बन्द गर्न विवश हुन्छन्। यो क्रम निरन्तर चलिरहेको छ।

तर, सम्भावना सकिएको छैन। आशा अझै बाँकी छ। नेपाली सुन्दर र समृद्ध राष्ट्र बन्ने छ। किनभने सुधारका प्रयासमा सधैं अग्रपङ्तिमा रहेर राष्ट्र र जनताको हितमा काम गर्ने केदारभक्त माथेमाहरु यो मुलुकका लागि ‘चाँदीको घेरा’ हुन्।

त्रिभूवन विश्वविद्यालयमा उपकुलपति हुँदा केदारभक्त माथेमाले गरेका सुधारका कामलाई अहिले पनि बौद्धिक जगतमा सम्झिने र सम्मान गर्ने गरिन्छ। त्रिविमा अनेकन आयाम ल्याउन सफल डा. केदारभक्त माथेमा मुलुकका प्रभावशाली बौद्धिक व्यक्तित्व हुन्।

वि.सं. २०७२ सालमा माथेमाकै नेतृत्वमा चिकित्सा शिक्षा अध्ययन कार्यदल गठन भयो। उनले सुधारका धेरै योजना समावेश गरेर प्रतिवेदन बुझाएका छन्। 

माथेमाकै नेतृत्वमा बनेको प्रतिवेदन लागू गर्नुपर्ने माग राखेर प्रा.डा. गोविन्द केसीले ११ पटक आमरण अनशन बसिसकेका छन्। तर, प्रतिवेदनका विषयमा सरकारको प्रष्ट जवाफ आएकै छैन। न त कार्यान्वयन नै हुन सकेका छ।

मेडिकल माफियाको चंगुलमा फँसेका सरकारी निकाय र राजनीतिक दलका नेताहरु स्वार्थमा आधारित चिकित्सा विधेयकको पक्षमा छन्। जसका विरुद्ध केदारभक्त माथेमा लडिरहेका छन्।

मेडिकल माफियाको चंगुलमा फँसेका सरकारी निकाय र राजनीतिक दलका नेताहरु स्वार्थमा आधारित चिकित्सा विधेयकको पक्षमा छन्। जसका विरुद्ध केदारभक्त माथेमा लडिरहेका छन्। त्रिभूवन विश्वविद्यालय राजनीतिक भागबण्डाको आधारमा चलिरहेको पनि उनलाई मन परेको छैन।

यस्ता विसंगतिविरुद्ध माथेमा आवाज उठाई रहन्छन्। वि.सं. २००७ हुँदै २०४६ सालको जनआन्दोलन, माओवादी जनयुद्धदेखि २०६२/०६३ को जनआन्दोलनसम्म आइपुग्दा पनि सुधारका संकेत नदेखिनु ज्यादै पीडादायी रहेको माथेमाको धारणा छ।

‘मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो,’ उनले भने, ‘तर, मुलुकमा अपेक्षाअनुसारका काम एउटै पनि भएको छैन।’ माथेमालाई भ्रष्टाचार मौलाएकोप्रति चिन्ता छ। ‘कुर्सी ओगटेकाहरुले आफ्नो जिम्मेवारी नबुझेपछि यस्तै हुन्छ,’ उनले आक्रोशित भावमा भने।

जिम्मेवारी कसको?

माथेमा मात्रै होइन, हरेक नेपालीको अपेक्षा र आशा थियो, –गणतान्त्रिक संविधान जारी हुन्छ। र, मुलुक समृद्धितर्फ अघि बढ्छ। शिक्षा, स्वास्थ्यमा सबैको पहुँच हुन्छ। व्यवस्था मात्र होइन, अवस्था पनि फेरिन्छ।

तर, गणतन्त्र स्थापना भएको एक दशक अनि संविधान जारी भएको दुई वर्ष बित्दा पनि मुलुकको अवस्था फेरिएको छैन। वेथिति उस्तै छ। कहाँ र कसको कमजोरी रह्यो त? माथेमा भन्छन्, ‘राज्य सञ्चालनको जिम्मेवारी लिनेहरु नै यो कुराका लागि जिम्मेवार छन्।’ 

राजनीतिको आवरणमा हुने जालझेलकै कारण समाज परिवर्तनका लागि लड्नेहरु पलायन हुने स्थितिमा पुगेको माथेमाको विश्लेषण छ। 

कुशल नेतृत्वकर्ता माथेमा

केदारभक्त माथेमा जापानका लागि पूर्वराजदूत हुन्। त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा अन्य कयौं जिम्मेवारी उनले पूरा गरिसकेका छन्। तर, उनलाई काम गर्ने भोक अझै जागिरहन्छ।

त्यसैले सुधारका पक्षमा आवाज उठाउँदै उनी निरन्तर आन्दोलित रहन्छन्। राजनीतिको आवरणमा हुने जालझेलकै कारण समाज परिवर्तनका लागि लड्नेहरु पलायन हुने स्थितिमा पुगेको माथेमाको विश्लेषण छ। 

माथेमा प्रतिवेदनमाथि सरकारको बक्रदृष्टि

वि.सं. २०७२ सालमा चिकित्सा शिक्षाका सम्बन्धमा प्रतिवेदन तयार गर्नका लागि सरकारले केदारभक्त माथेमाकै नेतृत्वमा सरकारलाई प्रतिवेदन पनि बुझाइयो। जसमा ‘आगामी १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न अनुमति दिइनु हुन्न’ भन्ने बुँदा प्रष्टसँग उल्लेख छ।

तर, माफियासँग मिलेको राजनीतिक नेतृत्वले राजधानीका मेडिकल कलेजलाई सम्बन्धन नै दिइसकेको थियो। तर, प्रा.डा. गोविन्द केसीको आन्दोलनका कारण सरकार निर्णय खारेज गर्न बाध्य भयो। 

‘६ महिनासम्म अध्ययन गरेर बनाइएको प्रतिवेदनका मुख्य विषय नै सरकारले झिकेको छ,’ उनले भने, ‘सरकारले चिकित्सा शिक्षामा सुधार नचाहेको हो भन्ने प्रष्ट हुन्छ।’

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा, डा. भगवान कोइराला, डा. अर्जुन कार्की, डा. मदन उपाध्याय, डा. रमेशकान्त अधिकारी, डा. गुणराज लोहनी, डा. हरिप्रसाद लम्सालजस्ता बौद्धिक व्यक्तित्वले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा उदासिनता देखाएर सरकारले लाचारताको पराकाष्टा नाघेको भान हुन्छ।

वि.सं. २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माथेमालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्दा उनले ‘त्रिविमा जान्छु, तर कसैको झण्डा लिएर जाँदिन’ भनेका थिए। त्यस्ता साहसी माथेमाले त्रिविमा सुधारका धेरै काम गरेका छन्। 

‘राइट टु रिजेक्टको व्यवस्था छैन, पार्टीमा पहुँच भएकाले मात्रै ठाउँ पाउने स्थिति छ, त्यसैले जनतालाई मुलुकको वास्तविकता बुझाउन केदारभक्त माथेमाहरुले अगुवाई गर्नुपर्छ।’ 

माथेमाको अबको दायित्व

साहित्यकार एवम् प्रभावशाली युवा लेखक सीमा आभास राजनीतिक र सामाजिक जागरणका लागि अहिले केदारभक्त माथेमाले अगुवाई गर्नुपर्ने बताउँछिन्।

‘राइट टु रिजेक्टको व्यवस्था छैन, पार्टीमा पहुँच भएकाले मात्रै ठाउँ पाउने स्थिति छ,’ उनी भन्छिन्, ‘त्यसैले जनतालाई भोटको महत्व र मुलुकको वास्तविकता बुझाउनका लागि केदारभक्त माथेमाहरुले अगुवाई गर्नुपर्छ।’ 

पछिल्लो समय त्रिभूवन विश्वविद्यालयकै आंशिक शिक्षकहरु आन्दोलनमा रहेको उल्लेख गर्दै सीमाले राजनीतिक हस्तक्षेपकै कारण शैक्षिक प्रतिष्ठानमाथि संकट आएको टिप्पणी गरिन्।

‘त्रिविका १ हजार ४ सय २० शिक्षक आन्दोलित छन्, कति त नभई नहुने शिक्षक पनि छन्,’ उनी भन्छिन्, ‘राजनीतिक हस्तक्षेपमुक्त वातावरण बनाउन पनि बौद्धिक क्षेत्रका अगुवाले भूमिका खेल्नुपर्छ।’

त्यसैगरी, मानवअधिकारका विषयमा उठेका सवाललाई सम्बोधन गर्न मुलुकका ८–१० स्थानमा केदारभक्त माथेमाहरुको अगुवाईमा अभियान सञ्चालन गर्न सके ठूलो जागरण पैदा हुने लेखक सीमा आभासको विश्वास छ। ‘दण्डहीनताका कारण भ्रष्टाचार मौलाएको छ,’ उनले भनिन्, ‘यसको निवारण पनि रचनात्मक ढंगबाटै गरिनुपर्छ।’

कुनै क्षेत्र विशेषमा सफल भएका व्यक्तिभन्दा युवाहरुलाई राजनीतिमा ल्याउन प्रेरित गर्ने अभियानमा केदारभक्त माथेमाहरु केन्द्रित हुने पर्ने साहित्यकार सीमा आभासको टिप्पणी छ। ‘सुशासन अनि मात्रै स्थापित हुन्छ,’ उनले भनिन्।


 

More form the Internet

loading...