Suvadin, Home
Nepal life 2.627M

१४अाैं पटक सत्याग्रह किन शुरु गरे प्रा. डा. गाेविन्द केसीले?

चार वर्षपछि आएओएमको डीन पदमा बर्खास्त व्यक्तिलाई फर्काइनुका पछाडि भागबण्डाले धराशायी भएको आइओएमलाई पुनः धराशायी र मनपरी रुपमा मेडिकल कलेजलाई सम्बन्धन दिने नियत लुकेकाले फैसला मान्य नहुने केसीले बताएका छन्।
प्रा.डा. गाेविन्द केसी।

काठमाडौं, २४ पुस – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै साेमबारदेखि १४औं अनशन शुरु गरेका छन्।

प्रा.डा. केसीले सर्वोच्च अदालतले आइतबार आइओएमको चार वर्षअघिका डीन प्रा.डा. शशी शर्माको पुनर्बहाली गर्न गरेको फैसला न्यायसंगत नभएको जनाउँदै प्रधानन्यायाधीशको राजीनामाको माग गरी अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन्।

चार वर्षपछि आएओएमको डीन पदमा बर्खास्त व्यक्तिलाई फर्काइनुका पछाडि भागबण्डाले धराशायी भएको आइओएमलाई पुनः धराशायी र मनपरी रुपमा मेडिकल कलेजलाई सम्बन्धन दिने नियत लुकेकाले फैसला मान्य नहुने केसीले बताएका छन्।

प्रा.डा. केसीले विधिवत् रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका डीन नै अहिले पनि वास्तविक डीन भएको प्रष्ट पारेका छन्। आइओएमका डीनबाट बर्खास्तमा परेका प्रा.डा. शर्मालाई त्रिवि कार्यकारी परिषद्को २०७० पुस २५ गते बसेको बैठकले सोही साल पुस २८ गतेदेखि लागू हुने गरी चार वर्षका लागि अर्थात् यही पुस २७ सम्म पदावधि रहने गरी डिन नियुक्त गरेको थियो। 

परिषद्कै २०७० पुस २९ गते बसेको बैठकले प्रा डा शर्माको नियुक्ति बदर गरी प्रा.डा. राकेशप्रसाद श्रीवास्तवलाई नियुक्त गरेपछि शर्मा न्यायका लागि २०७० फागुन १ गते सर्वोच्च अदालत जाएका थिए।

प्रा.डा. शर्माको नियुक्तिलाई बदर गरिएपछि वरिष्ठताका आधारमा प्रा.डा. श्रीवास्तवलाई डीन नियुक्त गरिएको थियो। प्रा.डा. श्रीवास्तवले राजीनामा दिएपछि अहिले प्रा.डा. जगदीशप्रसाद अग्रवाल डीनकाे जिम्मेवारीमा रहेका छन्।

प्रधान्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आइतबार चार वर्षपछि चार दिनका लागि प्रा.डा. शर्मालाई पुनर्बहाली गर्न आदेश दिएको थियो। 

प्रा.डा. केसी प्रधानन्यायाधीशको राजीनामा, चिकित्सा शिक्षा आयोगको तत्काल गठन र आइओएमका डीन पुनर्बहाली खारेज माग गर्दै विधिवत् रुपमा वरिष्ठताका आधारमा नियुक्त डीनको निरन्तरतालगायत सात बुँदे मागका साथ त्रिवि शिक्षण अस्पतालमा आमरण अनशन बसेका हुन्।

पुनर्बहाली भएका डीन शर्माले आफूले चार वर्षपछि न्याय पाएको जनाउँदै वरिष्ठताका आधारमा पनि आफू नै वरिष्ठ भएको जिकिर गरेका छन्। उनले चार वर्षपछि न्याय पाएको र चार दिनका लागि भए पनि आइओएमको डीन अाफू नै रहेकाे दावी गरे।


 

More form the Internet

loading...