Suvadin, Home
Nepal life 1.217M

उठ्दैछन् ग्रामीण वस्तीः ९ महिनामा एक लाख ७२ हजार ७ सय ८० घर पुनर्निर्माण

नौ महिनाको अवधिमा भूकम्पले भत्किएका एक लाख ७२ हजार ७८० घर पुनर्निर्माण भएका छन्। कात्तिक पहिलो साता पुनर्निर्माण सम्पन्न घर ६२ हजार ६१४ रहेकामा आजसम्म प्राधिकरणमा प्राप्त तथ्यांकअनुसार त्यो संख्या दुई लाख ३५ हजार ३९४ पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
पुनर्निमार्ण गरिँदै।

काठमाडौं, २५ असार – नौ महिनाको अवधिमा भूकम्पले भत्किएका एक लाख ७२ हजार ७८० घर पुनर्निर्माण भएका छन्। 

कात्तिक पहिलो साता पुनर्निर्माण सम्पन्न घर ६२ हजार ६१४ रहेकामा आजसम्म प्राधिकरणमा प्राप्त तथ्यांकअनुसार त्यो संख्या दुई लाख ३५ हजार ३९४ पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ३९ हजार ७८१ लाभग्राही गुनासोबाट थपिएको जानकारी दिएका छन्। कात्तिक पहिलो सातासम्म ४० हजार ९६७ लाभग्राही गुनासो सम्बोधनबाट थपिएका थिए। हालसम्म ८० हजार ७४८ लाभग्राही गुनासो सम्बोधनबाट थप भएका छन्। 

‘म प्रमुख कार्यकारी अधिकृत नियुक्त भएर आउनुअघिसम्म एक लाख ४७ हजार ६३५ घर पुनःनिर्माण शुरु भएका थिए, हाल पाँच लाख चार हजार ६२ पुगेको छ, पौने नौ महिनाको अवधिमा तीन लाख ५६ हजार ४२७ घर पुनःनिर्माण शुरु भएका छन्, यो मेरोमात्र प्रयासले भएको होइन प्राधिकरणका सबै कर्मचारीको यसमा सहयोग छ, मैले त संयोजन मात्र गरेको हुँ,’ उनले भने।

नौ महिनाको अवधिमा एक लाख ८१ हजार ९९८ ले तेस्रो किस्ता पाएका छन्। कात्तिक पहिलो सातासम्म १२ हजार ७२६ ले मात्र तेस्रो किस्ता पाएको प्राधिकरणले जनाएको छ। हाल यो संख्या एक लाख ९४ हजार ७२४ पुगेको छ। 

नौ महिनाको अवधिमा एक हजार ३२९ शैक्षिक संस्था, ७२ सुरक्षा निकायका भवन, ३९१ स्वास्थ्य संस्था, १२२ सरकारी भवन, ५५ पुरातात्विक सम्पदा पुनर्निर्माण सम्पन्न भएको छ। भूकम्पले क्षति भई प्रबलीकरण सूचीमा यो अवधिमा २७ हजार ६३ घर प्रमाणित भई सूचीकृत भएका छन्। 

जोखिममा रहेका १८ हजार ५०५ परिवार पनि नौ महिनाको अवधिमा पहिचान गरिएको छ। यस अवधिमा अनुदान रकम अग्रिम निकासा पठाई अभाव हुन नदिएको, पुनः सर्वेक्षणबाट प्राप्त एक लाख गुनासोको सम्बोधन गरी भूकम्पपीडित सरकारी अनुदान पाउनबाट नछुटून् भन्ने प्रत्याभूति गराइएको पनि भुसालले बताएका छन्। 

भुसाललाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ६ गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।


 

More form the Internet

loading...