Suvadin, Home

Cover Image

क्याम्पसले स्नातक सकेका बिधार्थिलाई रोजागारी फर्म भराएर राजगार दिन सक्ने अवस्था छैन । सैदान्तिक शिक्षामा केन्द्रित नेपाली शिक्षा प्रणालीले व्यावहार ज्ञान पनि प्रदान गर्न सकेको छैन जसले गर्दा नेपाली बिधार्थिहरु सहजै रोजगारी बजारमा छाउने परिस्थिती पनि छैन ।
स्नातक सकियो अब के गर्ने ?

काठमाडाैं, बैशाख १५ -त्रिभुवन बिश्वबिध्यालयले सञ्चालन गर्दै आएको स्नातक कार्यक्रको चौथो बर्षको परिक्षा हालै सकिएको छ । स्नातक सकिएपछि बिधार्थिहरुमा के गर्ने भन्ने अनौलता पनि बढेको छ। नेपलमा बेरोजगारी प्रमुख समस्या नै हो । क्याम्पसले स्नातक सकेका बिधार्थिलाई रोजागारी फर्म भराएर राजगार दिन सक्ने अवस्था छैन । सैदान्तिक शिक्षामा केन्द्रित नेपाली शिक्षा प्रणालीले व्यावहार ज्ञान पनि प्रदान गर्न सकेको छैन जसले गर्दा नेपाली बिधार्थिहरु सहजै रोजगारी बजारमा आउन सक्ने परिस्थिती पनि छैन । तर परिक्षाको नतिजा आउन लाग्ने समयलाई सदुपयोग गर्न सकिएको खण्डमा बिधार्थिहरुले आफ्नो करियरलाई सुनिश्चित गर्दै आफुलाई रोजगार बनाउन सकछ्न् । स्नातक सकिएपछि बिथार्थिहरुको उमेर पनि परिक्क हुदै गएको तथा जिम्मेवारी हरु पनि थपिदै गएका हुन्छन् । ती जिममेवारीहरुदलाई जिम्मेवार ढङ्गले निर्वाह गर्न र आफुलाई सुरक्षित बनाउन यो समयको बिशेष उपयोग गर्नु पर्ने हुन्छ। तपाई आफुलाई रोजगार बनाउन चाहनुहुन्छ भने निम्न उपाए उपनाउन सक्नुहुन्छ।

  1. ड्राईभिङ्ग सिक्नुहोस र चालक अनुमति पत्र निकाल्नुहोस ।
  2. लाईफ इन्स्योरेन्सको एजेन्ट बनि बीमा क्षेत्रमा कुनै लगानी आम्दानी गर्नुहोस ।
  3. पर्यटन व्यावसायमा राम्रो भविष्य रहेको हुदाँ गाईड बन्न बिदेशि भाषाहरु सिक्नुहोस ।
  4. शेयर बजारको अध्ययन र सानो सानो बचत लगानी गर्नुहोस ।
  5. प्रबिधि प्रति बिशेष रुचि बढाई आफुलाई दैनिक अपडेट गर्नुहोस ।
  6. आर्थिक तथा रोजगार पत्र पत्रिका, खबर, वेबसाइटहरुको नियमित पढ्नुहोस ।
  7. आफुले अध्ययन गरेको बिषय अनुकुल इन्टनसिपको लागी ताकेता गर्नुहोस ।
  8. आफुलाई सामजिक संस्थाहरुमा जोडिने प्रयास गर्नुहोस ।
  9. व्यावसाय गर्न चाहनेहरुले व्यावसायका संलग्न व्यक्ति, संघ, संस्था तथा तालिम केन्द्रहरुको परामर्श तथा तालिम लिनुहोस ।
  10. भाषण, उदघोषण लगायतका तालिम लिनुहोस जसले तपाईको सञ्चार क्षमता बृद्ध गर्दछ ।
  11. आधुनिक युगको मज्जा लिन कम्पयुटरको ज्ञान लिनुहोस ।

 

 

 


 

More form the Internet

loading...