Suvadin, Home
मे१च ४१७२ नम्बरको पिकअप भ्यानले स८प ९६४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको लहान नगरपालिकास्थित गोविन्दपुर निवासी १९ वर्षीय दुधनाथ यादवको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

लहान, २ असाेज – पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा पिकअप भ्यानले मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मे१च ४१७२ नम्बरको पिकअप भ्यानले स८प ९६४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको लहान नगरपालिकास्थित गोविन्दपुर निवासी १९ वर्षीय दुधनाथ यादवको मृत्यु भएको प्रहरीले जनाएकाे छ। यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सडकमा को२५प ४३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–२ निवासी ३५ वर्षीय अशोक झाको मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

दुर्घटनामा दुईको मृत्युसो दुर्घटनामा परी गम्भीर घाइते भएका झाको राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

 


 

More form the Internet

loading...