Suvadin, Home

समयमा काम नगर्ने २१ ठेकेदारको नाम गृह मन्त्रालयमा (हेर्नुहोस् को–को परे)

कञ्चनपुरमा सडक, सिँचार्इ र पुलको काममा ठेकदार पक्षबाट लापरबाही भएको देखिएको छ। जसमा राष्ट्रिय ग्रामीण यातायात सुढृढीकरण कार्यक्रम अन्तरगत ५, सामुदायिक सिँचाई आयोजनाका ९, पुल निर्माण सम्बन्धी ३ र डिभिजन सडकका २ र सिँचाई विकासका ४ वटा योजना निर्माण सम्झौता बमोजिम हुने सकेका छैनन्। सामुदायिक सिँचाई आयोजना अन्तरगत बन्दन भगवटी–महरा जेभीले  पाँच वटा योजना निर्माण जिम्मा लिएको भए पनि सम्झौता बमोजिम काम गर्न सकेको छैन।
गृह मन्त्रालय।

मदन गिरी, महेन्द्रनगर, २२ जेठ – निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने २१ ठेकेदारको नामावली जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गृह मन्त्रालयमा पठाएको छ।

विभिन्न सरकारी कार्यालयबाट आयोजनाको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदारहरूको नामावली संकलन गरी गृह मन्त्रालयमा पठाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिएका छन्।

निर्माण कम्पनीहरूको ठेक्का आयोजना र कार्यप्रगति विवरण संकलन गरिएको बताउँदै प्रजिअ खड्काले  सुस्त काम गर्ने ठेकदारको विवरण गृहमन्त्रालयमा पठाइसकिएको बताएका हुन्।

उनका अनुसार कञ्चनपुरमा सडक, सिँचार्इ र पुलको काममा ठेकदार पक्षबाट लापरबाही भएको देखिएको छ। जसमा राष्ट्रिय ग्रामीण यातायात सुढृढीकरण कार्यक्रम अन्तरगत ५, सामुदायिक सिँचाई आयोजनाका ९, पुल निर्माण सम्बन्धी ३ र डिभिजन सडकका २ र सिँचाई विकासका ४ वटा योजना निर्माण सम्झौता बमोजिम हुने सकेका छैनन्।

सामुदायिक सिँचाई आयोजना अन्तरगत बन्दन भगवटी–महरा जेभीले  पाँच वटा योजना निर्माण जिम्मा लिएको भए पनि सम्झौता बमोजिम काम गर्न सकेको छैन। उसले खन्याखोला, सुन्दरीफाटा लिफ्ट कृष्णपुर, बगुल खोला लिफ्ट पथरैया र देखतभुलीका दोदा लिफ्ट र आमघाम लिफ्ट सिँचाई आयोजनाको  निर्माण पुरा हुन गर्न सकेको छैन ।

भगवटी–महरा जेभीका सञ्चालक हेम महराले सबै योजनाको निर्माण अन्तिम चरणमा पुगेको बताए। उनले सुन्दरीफाटा आयोजना सञ्चालनमा आइसकेको बताउँदै बन्द हड्ताल, निर्वाचन र निर्माण सामग्रीको अभावमा निर्माण ढिलाई भएको बताउँछन्।

साथै खन्याखोला सिँचाई आयोजनामा पानी च्याम्बर सडक मार्गमा परेको समस्या भएको र आमघाट लिफ्ट योजनाको कामजी प्रक्रिया मिलाउन बाँकी रहेको उनको भनाई रहेको छ।

साथै गाल्बा–मोहन जेभी निर्माण कम्पनिका ज्ञानेन्द्र फुयाल, दयाबाली चन्द्र जेभीका बासु घिमिरे, शनिदेव–भौनेली जेभी र जसलिंग–भौनेली जेभीका चेत बहादुर चन्दको नाम पनि मन्त्रालय पठाई सकिएको छ।

त्यस्तै राष्ट्रिय सढृढीकरण कार्यक्रम अन्तरगतका दुई वटा योजनाको ठेक्का सम्झौता गरेको राजेन्द्र मालिका जेभी धनगढीले पनि समय निर्माण गर्न सकेको छन्।

उसले परासन–त्रिभुवनवस्ती सडक खण्डको ५५ प्रतिशत, रेडक्रस–बागफाटा सडक भीमदत्त र बेतकोटको ८५ प्रतिशत मात्रै निर्माण कार्य पूरा गरेको छ। सम्झौता अनुसार म्याद सकिएकाले म्याद थप प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

राष्ट्रिय सुढृढीकरण कार्यक्रम अन्तरगत नै झोलुङ्गे –कुतियाकभर सडक महाकाली नगरपालिका र परासन–त्रीभुवनवस्ती सडक खण्ड पुर्वास–२ को निर्माण समयमै नगरेकाले महालक्ष्मी–एमकेजेभीका सञ्चालक चक्रबहादुर बमको नाम पनि मन्त्रालय पठाइएको छ।

पुल निर्माणतर्फको पनि आयोजना सम्झौता अनुसार काम नगरेको भन्दै नागार्जु वाइआर जेभीका निरञ्जन भट्ट र प्राकृतिक वाइआर शनिदेवलका देविदत्त भट्टको नाम जिल्ला प्रशासनले गृह मन्त्रालयलाई पठाएको छ।

त्यस्तै डिभिजन सडक अन्तरगत दगिम–गल्वा जेभी निर्माण कम्पनीले लिएका दुई योजना पनि समयमै पुरा हुन सकेका छैनन्। ओदाल खोला र खार खोला पुल कृष्णपुर १ र  बुडर नाइल  बंक सडकको ३५ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ।

सिँचाई विकास अन्तरगतका आयोजनामा कैलालीका चन्द्रशेखर मल्लको  कालापानी सिँचाई योजना, टेकबहादुर सेठीको धारापानी सिँचाई योजना तथा कञ्चनपुरका पुष्पराज अवस्थीको पालगिस्वाडी सिँचाई योजना र गणेशदत्त जोशीको बह्मदेव सिँचाई आयोजनामा सम्झौता अनुसार काम नभएको पाइएको छ।

उनीहरुको नामावली मन्त्रलाय पठाइएको प्रजिक खड्काले बताएक छन्।


 

More form the Internet

loading...