Suvadin, Home

Cover Image

डा.केसी आजदेखि फेरी अनशन बस्ने 

सदरमुकाम इलाम बजारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै डा केसीले संसदीय उपसमितिले १५ औं सत्याग्रहको उपलब्धिस्वरुप राज्यसँग भएको सहमति लत्याएकाले इलाममा १६ औं सत्याग्रह गर्न लागेको बताए ।

काठमाडौं,२५ पुस-  डा.गोविन्द केसीले आजदेखि फेरि अनसनमा बस्ने भएका छन् । उनले यसपटक इलाममा सत्याग्रह सुरु गर्दैछन् । उनी त्यसका लागि मंगलवार नै इलाम पुगसकेका छन्। सदरमुकाम इलाम बजारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै डा केसीले संसदीय उपसमितिले १५ औं सत्याग्रहको उपलब्धिस्वरुप राज्यसँग भएको सहमति लत्याएकाले इलाममा १६ औं सत्याग्रह गर्न लागेको बताए ।

केसीले लेखा समितिको उपसमितिको सिफारिशमा पुनरावलोकन गर्दै आफूहरुसँग भएका सहमति सरकारले अक्षरश पालना गर्नु पर्ने धारणा राखे । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित नरही कुशासनका विभिन्न पक्षविरुद्ध हुने केसीले बताए ।

केसी पुस १७ देखि अनशन बस्न इलाम आएका थिए । तर, संसदीय उपसमितिले २ दिनको समय माग गरेपछि उनले ७ दिनको समय दिएर उनी काठमाडौं आएका थिए ।


 

More form the Internet

loading...