Suvadin, Home

डा. केसीलाई सम्पादकको साथ

डा.क्षेत्रीका अनुसार लामो समय अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दा पनि सरकारले उनका माग सुनुवाइ नगरेकोप्रति सम्पादहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।


काठमाडौँ मंसिर १६ ।

त्रिविमा वरिष्ठताको आधारमा डीन नियुक्ती तथा स्वास्थ्य क्षेत्रको सुधारको माग गदै १९ दिनदेखि अनशनरत् प्रा.डा.गोविन्द केसीको मागप्रति सम्पादकहरुले पनि एक्यवद्धता जनाएका छन् ।
आज विहान डा. केसी अनशन बसिरहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेर कान्तिपुर, नागरिक, रिपब्लिका, सेतोपाटी, काठमाडौँ पोष्ट, नेपाल, हिमाल, द हिमालयन टाइम्स, बाह्रखरी लगायतमा आवद्ध सम्पादकहरुले उनको मागप्रति एक्यवद्धता जनाएको केसीका सहयोगी डा. जीवन क्षत्रीले जनाएका छन् ।

क्षेत्रीका अनुसार लामो समय अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दा पनि सरकारले उनका माग सुनुवाइ नगरेकोप्रति सम्पादहरुले गम्भीर चिन्ता व्यक्त गरेका थिए ।


 

More form the Internet

loading...