Suvadin, Home
जनकपुरस्थित जानकी आँखा अस्पतालमा जाडो बढेसँगै आँखा उपचार गराउन आउने बिरामीको चाप बढेको छ। नेपाल–भारत सीमा क्षेत्रका ज्यादाजसो भारतीय नागरिक नेपालमा सस्तोमा उपचार हुने भएकाले यहाँ आउँछन्। यहाँ घाउ नपारी शल्यक्रिया गरिने भएकाले पनि आँखा उपचारका लागि आउनेको भीड बढेको अस्पतालले जनाएको छ।

किरणकुमार कर्ण धनुषा, माघ ५


जनकपुरस्थित जानकी आँखा अस्पतालमा जाडो बढेसँगै आँखा उपचार गराउन आउने बिरामीको चाप बढेको छ।

नेपालभारत सीमा क्षेत्रका ज्यादाजसो भारतीय नागरिक नेपालमा सस्तोमा उपचार हुने भएकाले यहाँ आउँछन्। यहाँ घाउ नपारी शल्यक्रिया गरिने भएकाले पनि आँखा उपचारका लागि आउनेको भीड बढेको अस्पतालले जनाएको छ।

त्यसैगरी, यस अस्पतालप्रति जनविश्वास बढेका कारण भारतका विभिन्न प्रान्तका नागरिक यहाँ आउने गरेका छन्। भारत विहारका दरभङ्गावासी दिलीप मेहताले जनकपुरस्थित आँखा अस्पतालको उपचारले दीर्घकालसम्मका लागि लाभदायक हुने छिमेकीबाट थाहा पाएपछि यहाँ उपचारका निम्ति आएको बताउँछन्। मेहताका अनुसार भारतमा मोतियाविन्दु लगायतका उपचारमा एक लाखदेखि दुई लाखभन्दा बढी खर्च हुने तर यहाँ थोरै रकममा राम्रो उपचार पाउने भएकाले खासगरी सीमावर्ती क्षेत्रका मानिसहरु आउने गरेका हुन्।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित आँखा अस्पतालमा उपलब्ध फेको शल्यक्रिया सेवा अहिले बिरामीका लागि आकर्षण बनेको छ। भारतमा अत्यधिक महँगो पर्ने र निजी अस्पताल वा काठमाडौँमा उक्त सेवा लिन खर्च बेहोर्न नसक्नेका लागि जानकी अस्पताल राम्रो विकल्प बनेको छ। फेको शल्यक्रियामा आँखामा हुने मोतियाविन्दुको उपचार अति नै सूक्ष्मयन्त्रबाट गरिने र यसमा घाउसमेत नहुने हुनाले यस सेवाप्रति आकर्षण बढेको हो। शल्यक्रियाको आधा घन्टापछि बिरामी निको भएर घर फर्कन सकिने अस्पतालको प्रशासन शाखा प्रमुख रामनरेश पाण्डेले बताए।

उनले भने, ‘भारतीय बिरामीलाई आफ्नै देशमा यो उपचार पाउन गाह्रो रहेको तर नेपालमा रु १२ हजारमा यो सेवा सहज रुपमा पाउन सकिन्छ। काठमाडौँमा यो सेवा लिन रु ३० हजार खर्चिनुपर्ने अवस्था रहेको छ। भारतको विहार, उत्तर प्रदेश, झारखण्ड, बङ्गालसम्मका आँखाका बिरामी यस अस्पतालमा आउने गरेको र उनीहरुले नयाँ सेवास्वरुप फेकोलाई सराहना गर्ने गरेको पाण्डेले बताए। अहिले प्रतिदिन १० देखि १५ जना बिरामीको यस माध्यमबाट शल्यक्रिया भइरहेको छ।

चिसो महिनामा आँखाको शल्यक्रिया गराउँदा घाउ नलाग्ने र छिटो निको हुने विश्वासका कारण कात्तिकदेखि फागुन महिनासम्म अस्पतालमा बिरामीको सङ्ख्या बढ्ने गर्दछ। अन्य याममा तीनदेखि पाँच सयको सङ्ख्यामा दैनिक बिरामी आउने गरे पनि अहिले प्रतिदिन पाँच सयदेखि सात सयको सङ्ख्यामा बिरामीको चाप रहने गरेको छ। मोतियाविन्दुको शल्यक्रिया गर्न जानकी आँखा अस्पतालमा रु चार हजार तीन सय ८० शुल्क लिइने र त्यसमा अस्ट्रेलियन प्रविधिबाट बनेको गुणस्तरीय लेन्ससमेत उपलब्ध गराइने गरिन्छ। अहिले प्रतिदिन अढाइ सयदेखि तीन सय जनाको शल्यक्रिया हुने गरेको छ। यो यामको डिसेम्बर महिनासम्म १० हजार जनाले यो सेवा लिइसकेको अस्पतालले जनाएको छ। रासस


 

More form the Internet

loading...