Suvadin, Home
Nepal life 1.831M

विद्यार्थीलाई ब्रिजवाटरको उत्प्रेरणा, जीवन संघर्ष र शिक्षा सँगसँगै

‘अध्ययन नै त्यस्तो माध्यम हो जसले समाजलाई नजिकबाट चिन्न मद्दत गर्छ,’ खनालले भने, ‘नेपालमा त अध्ययन मानिसको खाँचो अझै धेरै छ।’ ६ वटा विषयमा स्नातकोत्तर गरिसकेका खनालले आफू परीक्षाकै तयारीमा रहेको जानकारी पनि दिए। हुन त डिआर खनालको जीवन कुनै विश्वविद्यालयभन्दा कम छैन। उनी जति अध्ययनशील छन्, उत्ति नै मिठो बोल्छन् पनि। ३ सयभन्दा धेरै विद्यार्थीमाझ उनी ज्ञानगुणका कुरा साट्न आएका थिए।
कार्यक्रमका अतिथि, शिक्षक तथा विद्यार्थीहरू।

काठमाडौं, २ वैशाख – ‘जीवन संघर्ष हो, मैले सिकेको यही नै हो, र म तपाईहरुलाई पनि निरन्तर संघर्ष गरेर सफल बन्न प्रेरणा दिन, हौसला दिन मात्रै आएको हुँ,’ ४ दशकभन्दा लामो समयदेखि शिक्षा, कानून तथा सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहेका दासीराम खनाल (डिआर खनाल) भन्दैथिए, ‘म अहिले पनि पढ्दै छु, विद्यार्थी हुनुमै मलाई गर्व छ, त्यसैले विद्यार्थी भएर केही सिक्नुहोस्, सफलता आफै हात लाग्छ।’

काठमाडौंको प्रसिद्ध शैक्षिक प्रतिष्ठान ब्रिजवाटर इन्टरनेशनल कलेजले आयोजना गरेको ग्य्राजुएशन एण्ड अल्मनाई मीट–२०१८ मा प्रमुख अतिथि रहेका लायन्स क्लब काठमाडौं कैलाश ३२५ ए२ नेपालका डिस्ट्रिक्ट गर्भनर तथा वरिष्ठ कानून व्यवसायी खनालले शिक्षाले जीवनमा पार्ने प्रभावका विषयमा विद्यार्थीहरुसँग आफ्नो अनुभव साटे। उनले जुनैसुकै क्षेत्रमा क्रियाशील रहेपछि अध्ययनलाई निरन्तरता दिइरहनु पर्ने बताए। 

‘अध्ययन नै त्यस्तो माध्यम हो जसले समाजलाई नजिकबाट चिन्न मद्दत गर्छ,’ खनालले भने, ‘नेपालमा त अध्ययन मानिसको खाँचो अझै धेरै छ।’ ६ वटा विषयमा स्नातकोत्तर गरिसकेका खनालले आफू परीक्षाकै तयारीमा रहेको जानकारी पनि दिए।

हुन त डिआर खनालको जीवन कुनै विश्वविद्यालयभन्दा कम छैन। उनी जति अध्ययनशील छन्, उत्ति नै मिठो बोल्छन् पनि। ३ सयभन्दा धेरै विद्यार्थीमाझ उनी ज्ञानगुणका कुरा साट्न आएका थिए। 

ब्रिजवाटर इन्टरनेशनल कलेजका प्रिन्सिपल सन्दीप खनालका अनुसार प्लसटुपछि विद्यार्थीलाई के पढ्ने भन्ने विषयमा सहजीकरणका लागि नै कार्यक्रमको आयोजना गरिएको हो। ‘६ वटै ब्याचका अगुवा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने र आफ्नो रोजाईअनुसार अध्ययनअघि बढाउन विद्यार्थीहरुलाई प्रेरित गर्ने हाम्रो उद्देश्य हो,’ प्रिन्सिपल खनालले भने।

कार्यक्रममा शिक्षासेवी अञ्जली खनाल, कञ्चना मानन्धर तथा विभिन्न क्षेत्रमा सक्रिय रहेको ब्रिजवाटरका पूर्वविद्यार्थीहरुको उपस्थिति रहेको थियो। उपस्थित विद्यार्थीले विभिन्न विधामा सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको सञ्चालन मिनु तामाङ र सनोद कुँवरले गरेका थिए।


 

More form the Internet

loading...