Suvadin, Home

परिक्षाफल प्रकाशन ढिलाईप्रति अनेरास्ववियु र अखिल क्रान्तिकारीको अापत्ति

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयले परिक्षाफल प्रकाशनमा ढिलाई गरेका भन्दै अनेरास्ववियु र अखिल क्रान्त्रिकारीले आपत्ति जनाएका छन्। परिक्षाफल प्रकाशनमा ढिलाईका कारण विद्यार्थीको भविष्य अन्योलनमा परेको भन्दै नेकपा निकट दुवै संगठनले संयुक्त रुपमा परिक्षा नियन्त्रण कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन्। अखिल कान्तिकारी सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका गणेशराज मिश्रले परिक्षाफल प्रकाशनमा परिक्षा नियन्त्रण कार्यालयले उदासिनता देखाएको भन्दै ध्यानार्कषण गराउन ज्ञापन पत्र बुझाएको बताए।

महेन्द्रनगर, १४ कार्तिक – सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयले परिक्षाफल प्रकाशनमा ढिलाई गरेका भन्दै अनेरास्ववियु र अखिल क्रान्त्रिकारीले आपत्ति जनाएका छन्। परिक्षाफल प्रकाशनमा ढिलाईका कारण विद्यार्थीको भविष्य अन्योलनमा परेको भन्दै नेकपा निकट दुवै संगठनले संयुक्त रुपमा परिक्षा नियन्त्रण कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन्।

अखिल कान्तिकारी सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका गणेशराज मिश्रले परिक्षाफल प्रकाशनमा परिक्षा नियन्त्रण कार्यालयले उदासिनता देखाएको भन्दै ध्यानार्कषण गराउन ज्ञापन पत्र बुझाएको बताए। उनका अनुसार अन्तिम सेमेष्टर तथा शैक्षिक वर्षको परिक्षा दिएको विद्यार्थी समयको हदबन्दीले बाहिर पढ्न तथा जागीरका लागी आवेदन दिन वञ्चित भएको छन्।

अखिल क्रान्तिकारीका मिश्र र अनेरास्ववियुका रोहित गजुरेलद्धारा हस्ताक्षरी विज्ञप्तीमा दुई दिन भित्रमा परिक्षा फल प्रकाशन गर्नु पर्ने र अन्यथा आन्दोलन चेतावनी दिइएको छ।


 

More form the Internet

loading...