Suvadin, Home

ग्रेस इन्टरनेशनलद्वारा बृहत अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना, के–के छन् विशेषता?

भदौ १३ गते बुटवल, १४ गते चितवन, १५ गते पोखरा र १७ गते काठमाडौंमा बृहत् अष्ट्रेलियन शैक्षिक मेला हुने भएको छ। कक्षा १२ उत्तीर्ण गरेका स्नातक तह र स्नातकोत्तर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदातृहरुद्वारा करियर काउन्सिलिङसँगै अब्रोड स्टडीका विविध विषयमा परामर्श दिन शैक्षिक मेला आयोजना गरिएको हो।

काठमाडौं, ११ भदौ – ग्रेस इन्टरनेशनलले अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने भएको छ।

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले भदौ १३ गतेदेखि बृहत् अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने भएको हो।

भदौ १३ गते बुटवल, १४ गते चितवन, १५ गते पोखरा र १७ गते काठमाडौंमा बृहत् अष्ट्रेलियन शैक्षिक मेला हुने भएको छ।

कक्षा १२ उत्तीर्ण गरेका स्नातक तह र स्नातकोत्तर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदातृहरुद्वारा करियर काउन्सिलिङसँगै अब्रोड स्टडीका विविध विषयमा परामर्श दिन शैक्षिक मेला आयोजना गरिएको हो।

ग्रेस इन्टरनेशनलले गर्ने शैक्षिक मेला बृहत् र पृथक हुने जनाएको छ। शैक्षिक मेलाले विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने मात्र नभएर विद्यार्थीको करियर डेभलपमेन्ट कसरी गर्ने भन्ने विषयमा पनि जानकारी प्रदान गर्ने आयोजकले जनाएको छ।

यस पटकको शैक्षिक मेलालाई प्रविधिमैत्री बनाउँदै, पेपरको प्रयोगमा कमी ल्याउने जनाइएको छ। साथै विद्यार्थीलाई  अब्रोड स्टडीका विषयमा प्रष्ट रुपमा बुझाउन डिजिटल प्रविधिको प्रयोग, शैक्षिक छात्रवृति, मेलास्थलमै भर्ना, विभिन्न बैंकहरुले दिने शैक्षिक ऋण, शीपसँगै, नेतृत्व विकास सम्बन्धि कार्यशाला यस पटक शैक्षिक मेलाको विशेष आकर्षणको रूपमा रहने ग्रेस इन्टरनेशनलले जनाएको छ।

शैक्षिक मेलामा अष्ट्रेलियाका २० भन्दाबढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहनेछ। जहाँ विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थीको शैक्षिक आर्थिक, भाषिक योग्यता हेरेर काउन्सिलिङ गर्नेछन्।

शैक्षिक मेलामा विद्यार्थीले अष्ट्रेलियन शिक्षा, त्यहाँका विश्वविद्यालय, कलेजका बारेमा जानकारी पाउनेछन्।  आइएलटिएसमा कसरी उच्च अंक ल्याउने तथा करियर निर्माणमा कस्ता विषय अध्ययन गर्न सकिन्छ भन्ने परामर्श लिन सक्नेछन्।

यसका अलावा विद्यार्थीले अष्ट्रेलियाको भिजा प्रक्रिया, लागत, त्यहाँका कलेज तथा विश्वविद्यालयले दिने छात्रवृत्तिका बारेमा पनि विशेष जानकारी हासिल गर्न सक्ने आयोजकले जनाएको छ।


 

More form the Internet

loading...