Suvadin, Home

सेतो दुबी जनचेतना कार्यक्रम हुँदै 

काठमाडौं । यही असार १० गते सेतो दुबी जनचेतना कार्यक्रम गरिने भएको छ । 

सेतो दुबीको उपचार सम्भव रहेको बताउँदै यही असार १० गते सेतो दुबी जनचेतना कार्यक्रम गरिने भएको हो । 

सेतो दुबी छालामा देखिने एक प्रकारको बिकार हो । सेतो दागको रूपमा देखिने उक्त दुबीलाई चिकित्सकीय भाषामा ल्युकोडर्मा भनिन्छ । छालामा मिलेनोसाइट नाम कोषिका हुन्छ । उक्त कोषिकाले मिलेनिन पिगमेन्ट बनाउँछ । जसले बाहिरी प्रभावका कारण छालामा पर्न सक्ने असरबाट जोगाउँछ । विभिन्न कारणले उक्त कोषिका नष्ट भएमा छालामा सेतो दाग देखिन्छ । अर्थात्, छालामा रङ बनाउने कोषिका नष्ट हुनु नै सेतो दुबी हुनु हो ।

चिकित्सकीय दृष्टिमा सेतो दुबीलाई कस्मेटिक समस्याको रूपमा हेरिन्छ । कालो र गहुँगोरो छाला भएका मानिस बस्ने अफ्रिकी तथा एसियाली देशमा यस्तो समस्या बढी हुने गरेको पाइन्छ । 

सेतो दुबीको उपचार हुन्छ भन्ने थाहा नपाएर धेरै मानिसहरु यतैकै रोग पालेर बसेको पाइन्छ । यसको उपचार सम्भव भएको बताउँदै डा धर्मेन्द्र कर्णका साथ क्युटिस केयरमा उक्त जनचेतना कार्यक्रम गरिने भएको हो ।


 

More form the Internet

loading...