Suvadin, Home

रुघाखोकी र सर्दी लागेमा घरमै सेवन गर्नुस् यस्ता आयुर्वेदिक औषधी!

रुघाखोकी र सर्दीले प्राय कसैलाई छोड्दैन्। यसले हरेक मान्छेलाई छोएकै हुन्छ। मानिसहरुले यसलाई सामान्य रुपमा लिने गरेको पाईन्छ।

काठमाडौं,११ माघ-रुघाखोकी र सर्दीले प्राय कसैलाई छोड्दैन्। यसले हरेक मान्छेलाई छोएकै हुन्छ। मानिसहरुले यसलाई सामान्य रुपमा लिने गरेको पाईन्छ। तर यसको समयमै उपचार नगरे असजिलो बाटो तर्फ डोहोर्याईदिन्छ। रुघाखोकी र सर्दीका लागि बजारमा बिभिन्न किसिमका औषधीहरु पाईन्छन्। तर हामी घरेलु अर्थात आयुर्वेदिक औाषधीबाटै रुघाखोकी र सर्दी निको पार्न सक्छौँ। 

—आयुर्वेदमा मरिचलाई विभिन्न औषधिको रुपमा लिइन्छ। सर्दी लागेको बेला मरिचको धूलोमा मह मिसाएर खानाले निकै फाइदा हुन्छ।

—एक गिलास तातो दुधमा खजूरलाई राम्रोसँग उमालेर पिउनाले सर्दीमा राहत हुन्छ।

— दिनमा ४–५ पटक महमा अदुवा मिसाएर खानाले सर्दीमा राहत र चाँडै निको हुन्छ।

— तुलसी, पुदिना र मरिचले बनेको काढ़ा पिउनाले घाँटीको खसखस कम हुनुको साथै सर्दी पनि निको हुन्छ।

— बेसारमा एन्टी भाइरल र एन्टी ब्याक्टेरियल गुण पाइन्छ।जसले सर्दी र रुघाखोकी निको गर्न मद्दत गर्छ। त्यसैले सर्दी भए तातो दुधमा एक चम्चा बेसार मिसाएर पिउदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ।

— दालचिनी र जाइफललाई बराबर मात्रामा पिसेर बिहान बेलुका महसँग खानाले रुघाखोकी र सर्दीमा राहत मिल्छ।

—सर्दीको कारण ज्वरो आएको अनुभव भए दुई कप पानीमा ज्वानो र गुड उमाल्ने र जब पानी आधा हुन्छ त्यो पानी पिउने।उक्त पानीको सेवनले ज्वरो चाँडै निको हुन्छ।


 

More form the Internet

loading...