Suvadin, Home

नेत्र ज्योति संघ कञ्चनपुरको अध्यक्षमा डा. पन्त

नव नियुक्त कार्य समितिलाई संघका केन्द्रिय उपाध्यक्ष चक्र बहादुर सिंहले  सफथ ग्रहण समेत गराएका छन्। 

महेन्द्रनगर २२ मंसिर – नेपाल नेत्र ज्योति संघ कञ्चनपुर शाखाको अध्यक्षमा डा. भोजराज पन्त निर्वाचित भएका छन्। शनिबार  महेन्द्रनगरमा भएको प्रथम साधारण सभा अधिवेषनबाट डा. पन्त सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

कञ्चनपुर शाखामा अध्यक्षसहित १३ सदस्यीय कार्य समितिमा उपसभापति  टेक राज भारती, सचिव बसन्त राज पाण्डेय, कोषाध्यक्ष दया कृष्ण जोशी, सहकोषाध्यक्ष असोक प्रसाद पाण्डेय र सह सचिव दिपक राज चालिसे चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा  सुरेश सिंह भन्डारी, असोक बिक्रम जैरु, श्याम राज जोशी, लक्ष्मी दत्त जोशी, मीना पाठक, अनिता पन्त र अजव राना नयाँ कार्य समितिमा चयन भएका छन्। 

साथै नव नियुक्त कार्य समितिलाई संघका केन्द्रिय उपाध्यक्ष चक्र बहादुर सिंहले  सफथ ग्रहण समेत गराएका छन्। 

साधारण सभामा रेड्क्रस शाखा कञ्चपुरका अध्यक्ष टेक राज उप्रेती, लायन्स क्लबका सल्लाहकार माघव भट्ट,  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक यज्ञराज पाठक, परिवार नियोजन संघका गिरिराज शर्मा लगायतको उपस्थिती रहेको थियो।


 

More form the Internet

loading...