Suvadin, Home

१६ सय बढिको परिक्षण गर्दा थपिएनन् नयाँ संक्रमित

पछिल्लो २४ घन्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोरोनाको आशंकामा गएको २४ घन्टामा १ हजार ६ सय ८२ जनाको नमुना परीक्षण भएकोमा नयाँ संक्रमित भने भेटिएका छैनन् । ४ सय ८७ जनाको पिसिआर र १ हजार १ सय ९५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । 

नेपालमा हालसम्म कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ । जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो ।


 

More form the Internet

loading...